आइतबार, ३० बैशाख २०८१

बाजुराको स्वास्थ्य उपचार सेवा सुधारको माग सहीत हेमराजले बुझाए मन्त्रीलाई ज्ञापन पत्र

दुर्गम जिल्लाका अस्पतलामा आवश्यकता अनुसार स्वास्थ्य कर्मीको दरबन्दी र सुविधायुक्त औजार उपकरण उपलब्ध गराउन माग गरिएको हेमराज थापाले बताएका छन् । बाजुरामा एक राम्रो एम्बुलेन्स समेत छैन्, एक्सरे मेसिनको समेत अभाव हुने अवस्था छ, ती समस्या समाधानको माग सहीत मन्त्रीलाई भेटेर छलफल तथा ज्ञापन पत्र बुझाएको थापाले जानकारी दिएका छन् ।

आइतबार २१, साउन २०८० ०६:१३

बाजुरामा विद्युत नियमित गर्न अनेरास्ववियुको माग, सुधार नगरे आन्दोलन गर्ने चेतावनी

बाजुरामा दुईमहिना यता विद्युत अनियमित छ । एसइइको मौका तथा तथा ग्रेडवृद्धि परीक्षा आउन लागेको र क्याम्पस तहका परीक्षा समेत भइरहेको बेला अनियमित विद्युतले विद्यार्थीको पठन पाठनमा अवरोध गरेकोले तत्काल सुधार गर्न माग गरेको छ । केन्द्रीय प्रसारण लाइन जडान पछि पनि विद्युत नियमित नहुने कुरा कार्यालयको कमजोरी हुनसक्ने भएकोले सुधार्न अनेरास्ववियुले कार्यालय प्रमुख ललित मण्डललाई भटेर आग्रह गरेका छन् ।

आइतबार २१, साउन २०८० ०६:३१

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ ।मुद्दा नम्बर २६ ९छुट जग्गा दर्ता० मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।

सोमबार २२, साउन २०८० ०९:५१

जिल्ली पहिरोले विद्यार्थीको पढाइ प्रभावित, पहिरोमै रोकिन्छन् विद्यार्थी

पानी परिरहेको दिन अभिभावकले पहिरो आउने डरमा छोरी छोरी विद्यालय नै पठाउदैनन् । उनीहरुलाई पढाइमा प्रत्यक्ष असर परेको छ । कुन बेला ठुलो पहिरो खस्ने हो, र पुरिने हो, भन्ने जोखिम सबैमा हुने गरेको छ । विद्यालय भवन नजिकै बग्ने जिल्ली पहिरोले विद्यालय परिसरलाई समेत क्षति पुर्याउने अवस्था देखिएको छ ।

सोमबार २२, साउन २०८० १०:०४

बाजुरा जिल्ला अदालतमा दर्ता भएका ९६ मध्ये ३२ सम्बन्ध बिच्छेदका मात्रै

एक वर्षको अवधीमा दर्ता भएका ९६ वटा मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सरि आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । पुराना र नयाँ गरि जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्यौट गगरिएको छ । ४६ वटा मुद्दा बाँकी छन् ।

सोमबार २२, साउन २०८० ०४:३०

ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष स्विकार्न सकिदैनः सहमहामन्त्रि पाण्डे

संघीय सांसद समेत रहेका पाण्डेले लेखेका छन् ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ,’ ‘यस पकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताबिक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सोमबार २२, साउन २०८० ०६:३३

युवाहरुको श्रमदानबाट धुपागाड खोलामा काठेपुल निर्माण

निरन्तरको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको थियो ।काठेपुल निर्माणपछि आवत जावत गर्नका लागि सहज होु भन्ने उदेश्यले काठे पुल निर्माण गरिएको बताइएको छ । निरन्तरको वर्षाका कारण उक्त खोलामा अहिले पानीको बहाव बढ्दै गएको छ । खोलामा पक्की पुल नहुँदा वर्षेनी यो खोला हुँदै आवतजावत गर्ने स्थानीयहरु जोखिम मोलेर खोलामा वारपार गर्दै आएका छन् । वर्षेनी स्थानीयहरु खोलामा पुल नहुँदा त्रासै त्रासमा वारपार गर्न बाध्य छन् । तर स्थानीयको यो बाध्यतामा सरोकारवाला निकायले चाँसो देखाएका छैनन् ।

सोमबार २२, साउन २०८० १०:१०

सुन तस्करीको शिरदेखि पुच्छर अनि टुप्पीदेखि पैतालासम्म छानबिन गर्नुपर्ने एमाले नेता गिरीको माग

क्लिन्टलका क्विन्टल सुन तस्करी भइरहँदा तस्करहरुको जालो तोड्ने उपाय र विकल्प सरकारले नसोचेको र जसोतसो केही भरियालाई लगेर थुन्ने, बाँकीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेकाले उच्चस्तरीय छानबिन समितिको माग उठाएको उहाँले स्पष्ट पारे ।उच्चस्तरीय छानबिन समिति बन्दा मन्त्री, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरु तानिने भएकाले सत्तापक्ष डराइरहेको समेतक गिरीको आरोप रहेको छ ।

मङ्गलबार २३, साउन २०८० ०९:५२

नेविसंघको केन्द्रीय समितिमा बाजुराका ६ जना मनोनीत, छनोटमा अन्याय गरेकोमा विरोध

संगठनका सच्चा र इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, नेताहरुको नजिक घुमिरहने र घरालतको राजनीतिसँग नजोडिएकाहरुलाई नै स्थान दिएर गठन गरिएको कमिटी विवादीत बनेको छ । धेरै जनाले सामाजिक सञ्जाल मार्फत एक गुट चलाउन खोजिएको र पकेटका मान्छेहरुलाई भर्ना गरेर नेविसंघको गरिमा नै घटाएको आरोप लगाएका छन् ।

मङ्गलबार २३, साउन २०८० ०१:३८

कांग्रेस बाजुराले थाल्यो पार्टी सुदृढीकरण अभियान

पार्टीलाई बलियो बनाउन,जनताका जनगुनासा सुन्न, विगतमा भएका कमि कमजोरीका बिषयमा समिक्षा गर्नका लागि पार्टी सुदृढीकरण अभियान थालिएको हो । आजबाट सुरु भएको पार्टी सुदृढीकरण अभियान बडीमालिका नगरपालिका वडा न . ८ स्थित अपी होटेलमा एक औपचारिक कार्यक्रम गरि सुरुवात गरिएको छ ।

मङ्गलबार २३, साउन २०८० ०२:५४

बाजुरामा पनि फैलियो आँखा पाक्ने रोगको संक्रमण

गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत विरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात् आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरू देखिन्छन् ।

मङ्गलबार २३, साउन २०८० ०४:१३

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार आज पनि बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
 आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।कार्यसूचीअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको सभामुखले जानकारी गराउनुहुने छ ।

बुधबार २४, साउन २०८० ०७:४७

बाजुराको विकासका लागि सक्दो प्रयास गरिरहेको छु ; सहमहामन्त्री पाण्डे

नेता पाण्डेके यस्तो बताएपनी यता जिल्लामा भने उनको कार्यकालको एक वर्ष नबित्दै चर्को आलोचना हुने गरेको छ । संसदमा बाजुराको समस्याका बारेमा आवाज नउठाएको आरोप समेत पाण्डेलाई लगाइएको छ ।  पार्टी राजनीतिको मात्रै बढी चाँसो र चिन्ता देखिएको जिल्लाको विकास,जिल्ला बासिका जनजिविकाका सवालमा पाण्डेको ध्यान केन्द्रित नभएको भन्दै उनको पटकपटक आलोचना हुने गरेको छ । जनताले आफ्ना जनगुनासा सुनाउन खोज्दा समेत फोन नउठाउने गरेको आरोप समेत पाण्डे माथि युवा विद्यार्थीहरुले लगाउदै आएका छन् ।

बुधबार २४, साउन २०८० ११:१६

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, २ दिनका लागी बैठक स्थगित

एमालेको अवरोधपछी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाउनु भएको छ । आजको बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए।समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

बुधबार २४, साउन २०८० ०३:२७

व्यापारीले मनोमानी मुल्य वृद्धि गरेकोमा अनेरास्ववियुको विरोध, नियन्त्रण गर्न प्रशासनसँग माग

व्यापारीहरुले बढाएको बस्तुको मुल्य प्रत्यक्ष असर सर्वसाधारण जनता माथी परेको भन्दै तत्काल रोक्न आग्रह ज्ञापन पत्र मार्फत गरिएको छ । बजारको मुल्य वृद्धि दर भाउ कायम गर्नुपर्ने, बजारामा बिक्री भैरहेका दैनिक उपभोग्य बस्तुहरुको दर भाउ सुचना पार्टी तास गर्नुपर्ने, समय समयमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने माग पनि गरेको छ ।

बुधबार २४, साउन २०८० १०:५४

युवा संघ र अनेरास्ववियुले सांसद बद्री पाण्डेको अभिव्यक्ति विरुद्ध देशव्यापी प्रतिकार गर्ने

युवा संघ र अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गरि निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । पाण्डेले प्रेस युनियन नेपाल बाजुराले साउन २४ गते मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चेतनदीप अयडीको मृत्युका सन्र्दभमा निर्दोष व्यक्तिलाई फसाउन खोजेको अभिव्यक्ति दिएका थिए ।

बिहिबार २५, साउन २०८० ११:१३

बाजुरामा १० जनामा डेंगु रोगको संक्रमण, बुढीगंगाका टोलटोलमा सचेतना अभियान

यता टाँटे स्वास्थ्य चौकी, बाह्विस स्वास्थ्य चौकीको ल्यावमा जाँचका लागि आएका विरामी मध्ये ७ जनामा संक्रमण पुष्टी भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीेले बताएका छन् । डेंगु देखिएका १० मध्ये ४ जना बालबालिका रहेका छन् । बुधबार मात्रै बुढीगंगा नगरपालिकामा थप २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

बिहिबार २५, साउन २०८० १२:३१

बुढीगंगामा जेष्ट नागरिक मिलन केन्द्र सञ्चालन

घरमै थन्कीएर बस्नु भन्दा मिलन केन्द्र आउने, तातो चिसो पानीले नुहाउने, आराम गर्ने टेभि हेर्ने, संगीसाथीहरुसँग विगतको समीक्षा गर्ने र जेष्ठ नागरिकसँग भएको ज्ञानलाई नयाँ पुस्ताका लागि उपयोगी बनाउने लक्ष्य सहीत सञ्चालन सूरुवाद गरिएको कामलाई वडा कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गर्न सके राम्रो हुने जिल्ला समन्वय समिति सदस्य हिक्मत थापाले बताएका छन् ।

बिहिबार २५, साउन २०८० ०८:१४

कालोबजारी बढेको जनगुनासो पछि बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

नगरपालिका भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयामिन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको छ ।

बिहिबार २५, साउन २०८० ०८:१९

बाजुरामा व्यापारीको बद्मासी : मनोमानी मूल्य वृद्धि, जबरजस्त कृत्रिम अभाव

बर्षाद लाग्यो की व्यापारीले बाटो समस्यालाई कारण बनाउने र मूल्य वृद्धि गर्ने गरेका छन् । तर यो वर्ष हालसम्म पनि साँफे मार्तडी सडक अवरुद्ध भएको छैन् । नियमित ढुवानीका साधान र अन्य यात्रुबाहक सवारी सधानहरु निर्वाध रुपमा मार्तडी पुग्ने गरेका छन् । कोल्टी क्षेत्र बाहेक जिल्लाको तल्लो क्षेत्रमा अझै सबै जसो ठाउँमा बाटो नियमित जस्तै छन् ।

शुक्रबार २६, साउन २०८० १२:३७

जगन्नाथमा युवा संघले गर्यो युवा प्रशिक्षण भेला, सबै वडामा कमिटी विस्तार

पालिका कमिटीको पूर्णता दिन बैठक सहीत प्रशिक्षण दिइएको छ । युवा संघको विधी विधान र युवा नेतृत्व, विकास र विपदमा युवाको भूमिका र उत्पादनमा युवा सहभागि बारे प्रशिक्षण गरिएको हो ।

शुक्रबार २६, साउन २०८० ०१:४५

सुदूरपश्चिमको पहाडी राजमार्ग सुचारु गर्न एमाले बाजुराको माग

नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा सुदुरपश्चिमका पहाडी जिल्लाको आवत जावतमा समस्या हुनुका साथै सडकको बिषय लिएर बजारमा महँगी र कालोबजारी बढ्दै गएकोले तत्काल सडक सुचारु गर्न भनिएको छ ।

शुक्रबार २६, साउन २०८० ०२:४८