शुक्रबार, २८ बैशाख २०८१

बाजुराको स्वास्थ्य उपचार सेवा सुधारको माग सहीत हेमराजले बुझाए मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं : बाजुरा जिल्लाको स्वास्थ्य उपचार सेवा सुधारको माग सहीत स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई लिखित ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्लामा उपचार सेवा प्रभावकारी नभएको, स्वास्थ्य कर्मीको दरबन्दी न्यून देखिएको, सडक समस्याले विरामीलाई जिल्ला बाहिर ल्याउन र जिल्ला अस्पताल पुर्याउन सहज नभएकोले सुधारका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

दुर्गम जिल्लाका अस्पतलामा आवश्यकता अनुसार स्वास्थ्य कर्मीको दरबन्दी र सुविधायुक्त औजार उपकरण उपलब्ध गराउन माग गरिएको हेमराज थापाले बताएका छन् । बाजुरामा एक राम्रो एम्बुलेन्स समेत छैन्, एक्सरे मेसिनको समेत अभाव हुने अवस्था छ, ती समस्या समाधानको माग सहीत मन्त्रीलाई भेटेर छलफल तथा ज्ञापन पत्र बुझाएको थापाले जानकारी दिएका छन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री बस्नेतले तत्काल एक वटा एम्बुलेन्स उपलब्ध गराउने र आवश्यक मेसिन र उपकरणका लागि पनि प्रक्रिया पुरा गरेर सहयोग गर्ने आश्वासन दिएका हुन् । बाजुरा जिल्ला अस्पतालका १० जना बढी चिकित्सक कार्यरत भएपनि दरबन्दीको एक जना पनि डाक्टर छैनन् ।

तीन महिनाको अवधीमा चार जनाको विमान नआएरै वा बाजुरामा उपचार पद्धती कमजोर भएकै कारण ज्यान गुमाउनु परेको, कैलालीमा आएर सुत्केरी सेवा लिँदा पनि बाजुराकी एक जना सुत्केरी आमाले अकालमा मृत्युवरण गर्नु पर्ने घटना जिल्ला बासीका लागि सहज र स्वीकार्न योग्य नभएकोले यस्ता गतिविधी राज्यका तर्फबाट तत्काल हलहुने गरी संवोधन गरिनु पर्ने माग पनि मन्त्रीसँग राखेका छन् ।

सामाजिक र राजनीतिक अभियानमा सक्रिय हेमराज थापाले पछिल्लो समय गृह जिल्ला बाजुराको विकास र समस्या केन्द्रीत बहस पैरवीलाई जोड दिएका छन् । थापाकै नेतृत्वको टोलीले गएको हप्ता मात्रै बाजुराका प्रतिनिधी सभा सदस्य बद्री पाण्डे र दयालबहादुर शाही जनताको सरोकारमा नबोलेको र हराएको भन्दै माइतीघर मण्डलामा दबाब मुलक प्रर्दशन गरेका थिए । 

२ महिनादेखि नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी सभा सदस्य बद्री पाण्डेलाई फोन सम्पर्क गर्दा पनि भेट्न समय नदिएको र कति दिन फोन समेत नउठाएको आरोप सहीत हेमराज थापाले जनताको मत लिएर जितेकाहरुको गैर जिम्मेवारपूर्ण कार्यका विरुद्ध बोल्नु पर्ने बेला आएको बताएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस