शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा व्यापारीको बद्मासी : मनोमानी मूल्य वृद्धि, जबरजस्त कृत्रिम अभाव

पालिका र प्रशासनले वास्ता नगरेको जनगुनासो

बाजुरा : बाजुरा आफ्नो उत्पादन भन्दा बढी बाह्य जिल्लाको खाद्यन्नमा भर पर्ने जिल्ला हो । व्यापारी र खाद्य विक्री डिपो मार्फत नै यहाँका स्थानीयले दैनिक उपभोग्य समानको खरिद गर्ने गरेका छन् । अर्को विकल्प नभएको पछि बजारको मूल्य अनुसार रकम तिर्नु पर्ने स्थानीयका लागि बाध्यता जस्तै छ । 

बजारमा जे जति मूल्य भएपनि नकिनेर सुखै छैन् । जति मूल्य भन्यो ऋण निकालेरै भएपनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यन्न, नुन तेल, साबुन सोडा, दाल तरकारी समेत बजारबाटै किनेर खाने गरेका छन् । बजारमा व्यापारीले मूल्य बढाएपनि घटाएपनि नियमित किनेरै खाुन पर्ने अवस्था देखिन्छ । 

गएका वर्षहरु जस्तै व्यापारीले बर्षादको बाहनामा मूल्य वृद्धि गरिसकेका छन् । समान नभएको भन्दै कृत्रिम अभाव देखाउने र मनोमानी मूल्य असुली गर्ने गरेको पाइएको छ । बजारमा समान किन्नका लागि पुगेका उपभोक्ताहरुले नै महशुस गरिसकेका छन्, तर किन्नै पर्ने बाध्यताले भनेको मूल्य तिर्नु परेको छ ।

बर्षाद लाग्यो की व्यापारीले बाटो समस्यालाई कारण बनाउने र मूल्य वृद्धि गर्ने गरेका छन् । तर यो वर्ष हालसम्म पनि साँफे मार्तडी सडक अवरुद्ध भएको छैन् । नियमित ढुवानीका साधान र अन्य यात्रुबाहक सवारी सधानहरु निर्वाध रुपमा मार्तडी पुग्ने गरेका छन् । कोल्टी क्षेत्र बाहेक जिल्लाको तल्लो क्षेत्रमा अझै सबै जसो ठाउँमा बाटो नियमित जस्तै छन् ।

कोल्टी, पीलुचौर, धुलाचौर जुड्डीका व्यापारीले मूल्य वृद्धि गरेपनि मार्तडी, बाम्का, बेतालमाडौं, मालिका बजार, सुर्खा बजारमा पनि व्यापारीले मूल्य वृद्धि गरेका छन् । उही ढुवानी भाडा र उही मूल्यमा पुगेको समानमा पनि ५ देखि १० रुपैयासम्म मूल्य वृद्धि गरेको पाइयो, त्यसका विरुद्ध प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष दिलबहादुर थापाले बताएका छन् ।

सदरमुकाम मार्तडीमा मात्रै ग्याँसमा ५० देखि १ सय रुपैया बढी लिने गरेको अवस्था छ । तेलको पोकामा ५ रुपैया, दाल, चिनी चालममा समेत २ देखि ५ रुपैया मनोमानी मूल्य वृद्धि गरिएको अवस्था छ । बर्षादमा कमाउ धन्दा चलाएका व्यापारीहरुले यो वर्ष सडक नरोकिएपछि कृत्रिम अभावको बाहना देखाइ रहेका छन् ।

साँफे मार्तडी सडक अन्र्तगत बल्दे क्षेत्रमा पहिरोले अवरोध गरेको छैन् । हिउँदकै जस्तो ढुवानी मूल्यमा गाडी आइपुग्छ । तेलको मूल्यमा पनि पहिलो भन्दा केही रुपैया कमी छ, तर यहाँका व्यापारीले मनोमानी मूल्य वृद्धि र कृत्रिम अभाव देखाइ रहेका छन् ।

बजारमा आउने उपभोक्तालाई सुरुमा सामान अभावको बाहना गर्छन्, पछि समान विक्रीमा पनि मूल्य बढाएर लिने गरेको अवस्था छ । यो समस्या, तल्लो बाजुरा पर्ने त्रिवेणी, खप्तड छेडेदह, गौमुल, बुढीगंगा र बडीमालिकाका सबै स्थानीय साना तथा ठूला बजारमा सिर्जना गरिएको छ । 

बर्षादको सिजन भन्ने बाहना बाजी व्यापारीले गर्ने गरेका छन् । व्यापारीको बद्मासीले मनोमानी मूल्य वृद्धि र जबरजस्त कृत्रिम अभाव सिर्जना गर्ने गरिएको उपभोक्ताको गुनासो छ । अभाव नै देखाएर मूल्य वृद्धि गर्ने र उपभोक्ता ठगी गर्ने कार्य तत्काल रोक्न अनेरास्ववियुले चुनौति नै दिएको छ ।

जनगुनासो बढेपछि बाजुरा उद्योग वाणिज्य संघले पनि सूचना जारी गरेको छ । मूल्य सूची राख्नु पर्ने, व्यापार अनिवार्य दर्ता गरिनु पर्ने, कृत्रिम अभाव सिर्जना गर्ने कुरा रोक्नु पर्ने, समानको मूल्यमा एकरुपता हुनु पर्ने, सडक समस्या नभएकै बेला महँगो भाडाको नाटक गगर्ने जो कोहीलाई पनि कारवाही गर्ने पत्र मार्फत जानकारी गराएका छ ।

उपभोक्ताले भने जस्तै चर्को मूल्य वृद्धि नभएपनि सामान्य छिटपूट व्यापारीले मूल्य बढी लिएर विक्री वितरण गर्ने गरेको उद्योग वाणिज्य संघले पनि स्वीकार गरेको छ । जनगुनासो आएलगत्तै सुर्कलर सहीतको पत्र नै जारी गरेको छ । सेवा भाव भन्दा पनि कमाउ भन्ने मानसिकताका व्यापारीले बढी बद्मासी गर्ने गरेका छन् ।

बाजुराका स्थानीयले वर्षको ४० प्रतिशत बढी दैनिक उपभोग्य समान बाहिरबाटै आएको प्रयोग गर्ने गरेका छन् । सडक चल्छ, ढुवानी भाडा बढेको छैन्, तरपनि बजारमा कृत्रिम अभाव देखाएर मूल्इ वृद्धि गर्नेका विरुद्ध विद्यार्थीहरुले सशक्त प्रतिकार र खबरदारीको तयारी गरेको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताएका छन् । आफू नै स्वयम ठगिनु परेको रोकायाको भनाई छ । 

यही विषयलाई संवोधन गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई महँगीको मारमा पारेको भन्दै प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई ज्ञापन पत्र नै बुझाएका छन् । 

व्यापारीहरुले बढाएको बस्तुको मुल्यको प्रत्यक्ष असर सर्वसाधारण जनता माथी परेको भन्दै तत्काल रोक्न ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । बजारको मुल्य वृद्धि दर भाउ कायम गर्नुपर्ने, बजारमा बिक्रीभइरहेका दैनिक उपभोग्य बस्तुहरुको दर भाउ सुचना पार्टी टाँस गर्नुपर्ने, समय समयमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने माग पनि अनेरास्ववियुले राखेको छ ।

मार्तडी, कोल्टी, बाम्का बेतालमाडौं, सुर्का, पीलुचौर लगायतका बजारमा कृत्रि अभाव देखाउने र मूलय वृद्धि गर्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले पनि जनगुनासो बढेकोले सम्बन्धीत निकायलाई जिम्मेवार बनाउन र बजार अनुगमन कार्य तिब्र पार्न सहयोग गर्ने बताएका थिए । 

व्यापारीको मनोमानी मूल्य वृद्धिको विषयलाई लिएर जनगुनासो बढेपछि बडीमालिका नगरपालिकाले बजार अनुगमन गरेको छ । कालोबजारी र मनोमानी मूल्य वृद्धिको अवस्था बारे जानकारी लिन छड्के अनुगमन कार्य थालनी गरेको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन् । अनेरास्ववियुले पनि मूल्य वृद्धिको विरोधमा प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

पालिका भित्रका सबै बजार क्षेत्रको एकपछि अर्को गर्दै अनुगमन गर्ने तयारी पालिकाले गरेको छ । व्यापारीले समानको कृत्रिम अभाव देखाउने र मूल्य वृद्धि गर्ने, समान नभएको भन्दै म्याद नाघेकै समान विक्री गर्ने गुनासोको संवोधन गर्न अनुगमनलाई निरन्तरता दिने बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताएकी छन् । 

अनुगमन अन्य पालिकामा पनि जरुरी देखिएको छ । अनिवार्य गर्नु पर्ने भएकोले प्रक्रिया पुरा गर्न मात्रै स्थानीय पालिकाले बजार अनुगमन गर्ने गरेको अवस्था छ । जस्का कारण नागरिक कृत्रिम अभाव र मूल्य वृद्धिको मारमा छन् । बुढीगंगा र बुढीनन्दा नगरपालिकाका बजार क्षेत्रमा पनि व्यापारीको मनोमानी नै देखिएको छ । 

कोल्टी, पीलुचौर, धुलाचौर, जुड्डी लगायतका बजारमा व्यापारीले झनै चर्को मूल्य असुली गर्ने गरेको गुनासो छ । गाडी मार्तडीमै रोकिएको र कर्णाली करिडोर पनि नियमित नभएको कारण देखाएर एउटै समानमा १० देखि ३० रुपैयासम्म मूल्य बढाएर विक्री गर्ने गरेका छन् । 

व्यापारीको बद्मासीका कारण नागरिकले महँगीको मार सहनु परेको छ । प्रहरी प्रशासन र स्थानीय पालिका मौन समर्थन जस्तै बेखबर बनेको देखिन्छ । नागरिकका सवाल र समस्यामा पालिकाहरुको सक्रिय र संवेदनशिलता नै नदेखिएको आरोप लाग्न थालेको छ । 

May be an image of text

प्रतिक्रिया दिनुहोस