सोमबार, ३१ बैशाख २०८१

महत्वपुर्ण निर्णय गर्दै सकियो बुढीनन्दामा बसेको बुढीनन्दा नगर कार्यपालिकाको १९ औँ कार्यपालिका बैठक

नगर प्रमुख जनक कुमार  बोहराले बुढीनन्दा लगायतका नगर भित्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई पनि नगरपालिकाको समृद्धी संग जोडेर प्रचार प्रसार संरक्षण प्रवर्द्धनका कार्यलाई अगाडी बढाइरहेको बताए ।

शुक्रबार १५, भदौ २०८० १२:३६

आह ! बुढीनन्दा, तालै तालको पाटन  (फोटो फिचर)

सधैको समयमा सो क्षेत्र जान सकिदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरुका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरुले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् ।

शुक्रबार १५, भदौ २०८० ०३:०३

रुपान्तरणको अभियान लिएर जनतासँग जोडिदैं माओवादी

जिल्ला स्तरीय कार्यक्रमको उद्घाटन मल्ल स्वयले गरेकी हुन् । नेपाली सर्वाहाराको मुक्ति र परिर्वतनका लागि लडेको, र लडिरहेको माओवादीलाई काँग्रेस एमालेको गलत प्रचारले जनता अल्मलिएको र दोबीधामा भइरहेकोले भ्रम चिर्न र जनतासँगको सम्बन्ध थप बलियो बनाउन रुपान्तरण अभियान थालेको मल्लले भन्नु भएको छ ।

शनिबार १६, भदौ २०८० ०६:४७

नेकपा एमाले बाजुराले जनप्रतिनिधीको जिल्ला भेला सहीत प्रशिक्षण दिने

थापाले सामाजिक सञ्जाल मार्फत भेला आयोजनाको औपचारिक जानकारी समेत गराएका छन् । जिल्लाको विकासमा पालिका स्तरमा भइरहेका प्रयास, जनताका लागि जारी गरिएका घोषणा पत्र अनुसारको काम कारवाहीको अवस्था, जनता र जनप्रतिनिधी बीचको सम्बन्ध बारे लिखित छलफलका लागि भेला आयोजना गरेको हो ।

शनिबार १६, भदौ २०८० ०७:००

बाजुराको कोल्टीबाट नेपालगञ्ज लिदैं गर्दा जहाज भित्रै विरामीको मृत्यु

एपेन्डिसाइडको समस्याले थला परेका कटेलको जहाज नेपालगञ्ज नपुग्दै बीच यात्रामै मृत्यु भएको हो । कटेललाई उपचारका लागि सिता एयरको विमानबाट पठाइएको थियो । २४ घण्टा भित्र उपचार गराइसक्नु पर्ने जटिल रोगको सिकार बनेका कटेललाई लिएर जहाज दिउँसो १२ः३३ मा कोल्टीबाट उडेको थियो ।

शनिबार १६, भदौ २०८० ०७:४२

सुदूरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगितामा बाजुरा प्रथम

भदौ १४ गते बाट धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक डेउडा प्रतियोगिता सम्पन्न गरेको सुदूरपश्चिम डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन् ।

शनिबार १६, भदौ २०८० १०:२१

पैसा नहुँदा उपचार बिना अस्पतालबाट घर फर्काइयो खप्तड छेडेदह ३ का  रावतलाई

आर्थिक अवस्थाले बाहिर गएर उपचार गर्न सक्ने अवस्था नभएपछि आफन्तले उनलाई घर फर्काएका छन् । बयालपाटामा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बाहिर लिनका लागि आर्थिक अभाव भएकाले घर फर्काइएको उनका आफन्त शेर बहादुर रावतले बताएका छन् । पैसाको जोहो कतैबाट नभएपछी घर फर्काइएको उनले बताए ।

आइतबार १७, भदौ २०८० ११:०२

बडीमालिका नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नयाँ जिम्मेवारी सहीत आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जनताको कामलाई जनप्रतिनिधीसँगको सहकार्यमा चुस्तदुरुस्त पार्दै लैजाने बताएका छन् । नगर बासीको विकासको आकाक्षा र जनप्रतिनिधीको योजना अनुसारको कामलाई प्रभावकारी बनाउन आफू प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।

आइतबार १७, भदौ २०८० ०९:०३

बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार अभियान सुरु

बुढीगंगा नगरपालिका वडा १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी विस्तार गरीएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजक शंकर गिरीको अध्यक्षतामा सञ्चालन भएको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरेको हो । अम्मर रावलको संयोजकमा ११ जना तदर्थ कमिटी गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका बुढीगंगा नगरपालिका सम्पर्क समिति तथा युवा नेता शम्भु जोशीले जानकारी दिएका छन् ।

सोमबार १८, भदौ २०८० ०३:०१

एमाले बाजुराले मंसिरमा जिल्ला अधिवेशन गर्ने, भदौ २० पछि पालिका प्रशिक्षण

मंसिरमा जिल्ला अधिवेशनको मिति तोकिएसँगै नेतृत्वमा आकांक्षा राख्नेहरुले आफ्नो लवीग बढाएका छन् । नेकपा एमालेले राजकीय पदमा भएका व्यक्तिको हकमा टोल देखि प्रदेश सम्मका अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिएर दोहोरो कार्यकारी जिम्मेवारी लिन नपाउने निर्णय गरेपछि आकांक्षीको संख्या केही घटेको छ ।

सोमबार १८, भदौ २०८० ०८:०३

बाजुराको सदरमुकाममै बसपार्क छैन, सडक छेउमै हुन्छन् गाडी पार्किङ्ग

बसपार्क निमार्णका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल र लगानी गरिएको नगरप्रमुख अमर खड्काको दावी छ । जग्गा नहुँदा समस्या भएको बताउदै आफुहरु निर्वाचित भए पश्चात पनि लगानी धेरै खर्च गरिसकेको बताएका छन् । अवको दुई महिना भित्रै बसपार्क निमार्ण गर्ने गरी प्रक्रिया अगाडी बढाइएको पनि उनले बताए । जिल्ला स्थित अन्य सबै सरोकारवाला निकाय संग छलफलका लागि भोलि (मंगलबार) बैकक बोलाइएको पनि उनले बताएका छन् ।

सोमबार १८, भदौ २०८० ०९:०७

स्थानीय तहका कर्मचारी द्धारा निजामती सेवा दिवस नमनाउने घोषणा

प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत आठ बदे मागसहितको संयुक्त ज्ञापन पत्र बुझाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ४ गते नगरपालिकालाई २२ भदौमा निजामती सेवा दिवस मनाउन पत्राचार गरेको भएपनि आफुहहरुले नमनाउने घोषणा गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल वि.क ले बताएका छन् ।

मङ्गलबार १९, भदौ २०८० ०२:०५

मदिराले मात्तिएका खप्तड छेडेदह ३ का वडा अध्यक्षद्धारा स्थानीय माथि कुटपीट

कुटाकुट पछि विर्ख रावतको हातमा चोट लागेको छ । भने बुढाको टाउकोमा गम्भीर चोट लागेको छ । बुढाको टाउकोमा ७ वटा टाँका लागेको आफन्तले बताएका छन् । अध्यक्ष रावतले पनि आफू टाँटे स्वास्थ्य चौकीमा उपचारका लागि आएको स्वीकार गरेका छन् । पीडित पक्षले भने चुनावमा भोट नदिएको आक्रोशमा कुटपीट गरेको आरोप लगाएका छन् । रावत नेपाली काँग्रेसबाट चुनाव जितेका वडा अध्यक्ष हुन् ।

बुधबार २०, भदौ २०८० १२:०६

मार्तडी कोल्टी सडक तीन दिन भित्र सुचारु हुने, सडक मर्मत सुरु

जिल्ली पहिरोमा होम पाइप हालेर सडक सुचारु गर्ने तयारी प्राविधिकको टिमले गरेको छ । कालोपत्रेको काम भइरहेको मार्तडी कोल्टी सडक बर्षादको समयमा बन्द हुने गरेको छ । यो पटक पनि बन्द भएको थियो । असोजसम्म सुचारु गर्न मुस्कील हुने सडक यो वर्ष भने भदौमै सुचारु हुने अवस्थामा पुगेको छ ।

बुधबार २०, भदौ २०८० ०८:०७

बडीमालिका मन्दिरमा दलित माथि विभेद गरेको आरोपमा पुजारी बिरुद्द उजुरी

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ । बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ । पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन् ।

बिहिबार २१, भदौ २०८० ०२:४४

हलिया मुक्तिका १५ वर्ष : साल फेरिए, मुक्त हलियाका सवाल र समस्या फेरिएनन् !

श्रीकृष्ण जन्मअष्टमी पर्व सकिएको छ । तीज पर्व सुरु भएको छ । नाच गान र रमाइलोमा महिलाहरु व्यस्त छन् । तर मुक्त हलिया बस्तीमा कुनै दिन तीज आउँदैन्, नत दशै तिहार नै आउँछ । साहुकोमा काम गरे र साहुले चाड पर्वमा बोलाए मात्र त्यसको अनुभव गर्न पाउँछन्, नत्र अवस्था दया लाग्दो छ । मुक्त दिवसमा समेत खुसी छैनन् । उत्साह र उमंग नै छैन् । समय फेरिए पनि मुक्त हलियाका सवाल र समस्या फेरिएका छैनन् ।

बिहिबार २१, भदौ २०८० ०३:०९