सोमबार, ३१ बैशाख २०८१

सुन तस्करी सरकारकै संलग्नतामा भएको हो एमाले नेता ठाकुर

नेता गैरेले सरकारको संरक्षण, सेटिङ र उच्चपदस्थ व्यक्तिहरुको संलग्नताबिना अहिलेसम्मकै ठुलो परिमाणको सुन तस्करी संभव नभएकाले यसमा सरकारकै संरक्षण रहेको दाबी गरेका छन् ।यस्तै उनले योजना नै भएकाले बिमानस्थलबाट बाहिर निकालेर जहाँ पुग्नुपर्ने हो त्यहाँ नपुगिक नै पक्राउ गरेर तस्करहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

आइतबार १४, साउन २०८० १२:२१

प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न– लडाकु शिविरको छानबिन गर्ने आँट छ ?

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ’ उनले भने । उनले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए ।

आइतबार १४, साउन २०८० ०१:०३

सुदूरपश्चिम सरकारलाई विहिबार पूर्णता दिने सहमति

तर अहिले आएर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो। दुईवटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ।

मङ्गलबार १६, साउन २०८० ०१:१०

बुढीगंगामा खुल्यो एकै पटक ३७ जनाका लागि जागिर

बुढीगंगा नगरपालिकाले यो वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । किसानकै बारीमा पुगेर प्राविधिक ज्ञान सिप बारे जानकारी दिने र किटनाशक समस्याको उपचार विधि बारीमै गर्ने नीति अनुसार नै १० वडाका लागि २० जना कृषि तथा पशु विकास प्राविधिक आह्वान गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

मङ्गलबार १६, साउन २०८० १०:२०

अनेरास्ववियु बाजुराले बडीमालिकामा बैठक आयोजना गर्ने

सबै मावि र क्याम्पस तहमा प्रारम्भीक कमिटी गठन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले विभागिय जिम्मेवारीपनि बाँडफाँड गरेको छ । जसमा संगठन विभाग प्रमुख लक्ष्मण रोकाया, प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्का, खेलकुद विभाग सन्जय विक, साँस्कृतिक विभाग रमित मल्ल र महिला विभाग प्रमुखमा सरिता थापाले जिम्मेवारी पाएका छन् ।

मङ्गलबार १६, साउन २०८० १०:३५

घरको छतबाट लडेर एक जनाको मृत्यु

बुधबार १७, साउन २०८० ०९:२६

राष्ट्रिय युवा संघ नेपाल बाजुराको कार्यालय उद्घाटन र कमिटी सदस्यलाई प्रशिक्षण

पार्टी विधी, विधान र संगठनको काम कर्तव्य बारे ज्ञान दिनु पर्ने र पार्टी भित्रको अनुशासन समेत सिकाउनु पर्ने भएकोले प्रशिक्षण दिन लगाएको अध्यक्ष अयडीको भनाई छ । आजै युवा संघले नेकपा एमाले पार्टी कार्यालय भित्रै आफ्नो कार्यालय स्थापना गरेको छ ।

बुधबार १७, साउन २०८० ०७:१६

पेरिसडाँडाले लुकाएका सुन तस्कर खोज्न अनेरास्ववियुको टर्च जुलुस

जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका अध्यक्ष समिक बडालले गरेका थिए । सुन तस्करीमा माओवादीकै शिर्ष नेतृत्वको संलग्नता रहेको आशंका गरिएको छ ।

बुधबार १७, साउन २०८० ०८:१६

राज्यले नदेखेको बाजुराको गुईवनको पहिरो, जहाँ पहिरोबाट पीडित नभएकाहरु भेटिदैनन्

गुईवन गाँउमा पहिरो बग्न सुरु हुनु पहिला स्थानीय संग प्रशस्त जग्गा थियो । परिवार पाल्न अहिले जस्तो समस्या थिएन । जब गाँउमा पहिरो बग्न सुरु  भयो । भएको जग्गा जमिन सबै बगायो अनि गुईवन बासिका दुखःका दिनहरु सुरु भए । गाँउमै खेतिपाती गरेर दिन गुजारा गर्ने स्थानीयहरु खेतियोग्य जमिन बगाएपछि प्रदेशिने क्रम पनि सुरु भयो । पहिरोले खेतियोग्य जमिन मात्र बगाएन गाँउको माया परिवारको खुसी पनि बगायो । गाँउमै बसेर पनि परिवार पाल्न सक्ने स्थानीयको अहिले बिदेश नजाने हो भने भोक भोकै मर्नुको अर्को विकल्प छैन ।

बुधबार १७, साउन २०८० ०९:४७

अवैध सन्तान जन्माएको आरोपमा श्रीमानले छोडेपछि विस्नाका ५ सन्तानको विचल्ली

विस्नालाई गर्भ बोकेको मात्रै आरोप र पीडा छैन् । दलित भएकै कारण सहनु परेको अपमान र अन्यायले मन जलिरहेको देखिन्छ । ‘तँ सँग जातै मिल्दैन्, कसरी विहे गर्नु, कसरी श्रीमति स्वीकार भनेर अहिले यस्तो अवस्थामा अलपत्र पारे । सुरुमा शरिरको मोज लिन म न दलित भएँ, न तल्लो जातकी भएँ, समाजपनि कत्ति अन्यायी छ । मान्छे भएर पनि मान्छेको जस्तो जीवन बाँच्न नपाउनु रुदै विस्नाले पीडा पोखिन् ।’

बिहिबार १८, साउन २०८० ०१:२७

जनप्रतिनिध र स्थानीयको श्रमदानबाट खानेपानीको मुहान मर्मत

वडा न. ७ मा रहेको खम्म टोलमा यहिँ श्रावढा ७ गते बाढिले  बगाएको खानेपानी मुहान मर्मत गरिएको वडा अध्यक्ष धर्मराज पाध्याले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् । अध्यक्ष पाध्यायका अनुसार सो वडामा जनप्रतिनिधि समेत सहभागी भई प्रत्यक महिनाको महिना २ दिन सामाजिक कार्य गर्ने भन्ने निर्णय नै गरेर काम सुरु गरेको बताइएको छ । वडाका वडा सदस्यहरु, ढम्कने, विबेकशिल र रजातोलि टोल   टोलका संयोजक सचिवहरुको नेतृत्वमा काम सरु गरिएको हो ।

बिहिबार १८, साउन २०८० ०३:३२

सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष हुँदैनः एमालेका नेता डा. भट्टराई

माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने र अन्तराष्ट्रिय जगतले नेपालको सिमानामा हेर्ने नजर परिवर्तन ल्याउन नसकिने नेता भट्टराईले बताए ।क्विन्टल सुन तस्करले अन्तराष्ट्रिय जगतमा नेपालमा भ्रष्टचार र तस्कर सजिलै गर्न सकिन्छ भन्ने नकारात्मक सन्देश दिएको पनि नेता भट्टराईको भनाइ छ ।

शुक्रबार १९, साउन २०८० ०८:३२

अध्यक्ष र उपाध्यक्षको अन्तरद्धन्द्धमा अल्झियो खप्तड छेडेदह

अध्यक्षले काम सुरु गर्न खोज्दा उपाध्यक्षले असहयोग गर्ने र बहुमतको दम्भ सहीत विकास निर्माणका काममा पनि बाधा अड्चन सिर्जना गर्ने कामको श्रृखला चलिनै रहेको छ । पालिका अध्यक्ष दिलबहादुर रावतले चुनाव जितेर पद बहाली गरेको दिन निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि एम्बुलेन्स खरिद गर्ने निर्णय गरे । तर त्यो कार्यान्वयन हुन दिइएन् ।

शुक्रबार १९, साउन २०८० १२:२६

खप्तड छेडेदह गाउँपालिकाका समस्या सुनाउन उपाध्यक्ष नाथको मन्त्रालयमा दौडधुप

उपाध्यक्ष नाथले पालिकाको बर्षौदेखिको प्रमुख समस्याका रुपमा रहेको गुइवन, हातेलेख  र खातीगाउँको पहिरोलाई पहिलो प्राथमिकतामा राखेर दौडधुप गरिरहेकी छन् । गूइवन बासीले २०५० साल देखि नै पहिरोको जोखिम मोल्दै आएका छन् । पालिकाको ४ र ७ नम्बर वडाका करिब डेढ सय बढी परिवार पहिरोबाट प्रत्यक्ष पीडित छन् ।

शुक्रबार १९, साउन २०८० ०८:१७

शल्यक्रिया सेवा सञ्चालन पछि विरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल

डाक्टर नबस्ने, उपचार सेवामा विश्वस्त हुन नसकिने र सामान्य चेकजाँच बाहेक अर्को सुविधा नपाइने आरोप सहन बाध्य बाजुरा जिल्ला अस्पताल केही वर्षयता धेरै फेरिएको छ । अति जोखिम र जटिल प्रकृतिको विरामीलाई बाहेक अन्य उपचार सेवा बाजुरा जिल्ला अस्पतालमै उपलब्ध भइरहेको कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।

शनिबार २०, साउन २०८० १२:४५

कैलालीमा श्रीमती छोड्न चार सय पुरुषले दिए अदालतमा निवेदन

कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन् ।

शनिबार २०, साउन २०८० ०७:३८

२३ वर्षदेखि बस्ती नसारिदाँ पहिरोले परदेशी बन्न बाध्य गुइवन बासी

आमाले कुरी बसेको त्यही घर पनि पहिरोमा भासिने दिन पर्खिराखेको छ । न बस्न सुरक्षा, न बाँच्न अन्नपातको ग्यारेन्टी । गाउँ नफर्किएकोमा आमा मतुलाई कुनै गुनासो छैन् । मतुले छोराहरु सानै छदाँ श्रीमान गुमाइन् । पहिरोले भए भरको सबै जमिन बगायो । दुख र कष्टमै उनले आफ्ना ५५ बर्षाद कटाइसकेकी छन् ।

आइतबार २१, साउन २०८० ०२:२३