सोमबार, ३१ बैशाख २०८१

परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि बैतडीमा प्रअद्वारा राजीनामा

तीन वर्ष एक महिना प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लोहारले विद्यालयको नतिजा सन्तोषजनक नआएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नि.मा.वि.मा शिक्षक कोटा पुरा छ, नतिजा शून्य आयो, यो मलाई चित्त बुझेन, अब अरू साथीले गर्नहुन्छ, मेरो सहयोग पुरा रहन्छ ।’

आइतबार ०२, बैशाख २०८१ ०७:५६

विद्युतीय अपराध कसुरमा बझाङकी रस्मिला काठमाडौंमा पक्राउ

पीडित साइबर ब्युरो ४८ ९नाम परिवर्तन०को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार ०३, बैशाख २०८१ ०२:०३

बाजुराको वास्तविकता : खेलाडीसँग खेल्न मन छ, तर मार्तडीमा खेल्ने मैदान छैन् !

क्रिकेट खेलको विकास भएको केही समय मात्रै भएपनि बाजुरामा फुटबल खेलको सुरुवाद र सानाठूलो प्रतियोगिता आयोजना गर्न थालिएको दुई दशक बितीसकेको छ । रानीवन स्पोर्टस् क्बलले ६० को दशकमै मार्तडीमा फुटबल आयोजना गर्न सुरु गरिसकेको थियो । ठुला प्रतियोगिताको सोच गरेपनि मैदान अभावले मार्तडीमा असंभव देखिएको छ ।

सोमबार ०३, बैशाख २०८१ ०३:०४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

मङ्गलबार ०४, बैशाख २०८१ ०६:१८

बझाङमा एमाले र कांग्रेसबीच जितको प्रतिस्पर्धा, माओवादी र समाजवादीलाई तेस्रो हुने होडबाजी

यी मध्ये केहीको धरौटी समेत जफत हुन सक्ने बताइन्छ । भने कहीले आफ्नो मत समेत आफ्ना लागि हाल्न नपाउने अवस्थामा छन् । बझाङमा अन्य जति दलहरुले उम्मेदवार बनाएपनि एमाले र काँग्रेस नै प्रतिस्प्रर्धी दल हुन् । २०४८ साल देखि नै यी दुई दल बीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ ।

बुधबार १२, बैशाख २०८१ ०७:३५

एमाले उम्मेदवार दमन भण्डारीका बुवाको सेती नदीमा दाहसंस्कार, कर्ण थापाले भने– शोकलाई शक्तिमा बदल्नुहोस्

श्रद्धाञ्जली सभामा करिब हजारको हाराहारीमा एमालेका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथमा अन्य पार्टीका नेता कार्यकर्ता पनि उपस्थित थिए ।श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

बुधबार १२, बैशाख २०८१ ०२:२८

एमाले उम्मेदवार दमनको बाध्यता : किरिया घरबाटै चुनावी प्रचार, ढाडसदिन घरमै पुग्न थाले मतदाता

हामी जितको नजिक छौं, मेरो इमान्दारीता, म प्रतिको विश्वास, पार्टीमा लामो समयदेखि गरेको योगदान र बझाङ बासीको म प्रतिको विश्वास नै जितको आधार हो, आमा हुनुहुन्न, जितको खुसी बुबालाई पनि बाँड्ने रहर अधुरै रहेपनि जनताको सेवामा समर्पित हुने चाहना मतदाताबाट पुरा हुने भण्डारीको विश्वास छ ।

बिहिबार १३, बैशाख २०८१ ०८:३८

राजनीतिक स्थायीत्व र विकासका लागि काँग्रेस एमालेबीच सत्ता समिकरण हुनु पर्छ : काँग्रेस नेता शर्मा

सत्ता फेरबदलको महिना दिनमै काँग्रेस नेता शर्माले आक्रोशपूर्ण अभिव्यक्ति सहीत सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् । एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले मार्तडीमा पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको कडा विरोध गरेका छन् ।

शुक्रबार १४, बैशाख २०८१ ०१:२७

सुदूरपश्चिम सरकार विस्तार अन्योल, एमाले उपनिर्वाचनको नतिजा पर्खिदै

नेकपा एमाले बझाङ जिल्लाको उपनिर्वाचनको नजितासम्म कुनै निर्णय नदिने पक्षमा देखिएको छ । श्रोतका अनुसार बझाङमा समाजवादीका उम्मेदवारले नै आफूले जित्ने अवस्था नभएपनि एमालेलाई नै असहज पार्न चुनाव लडेको संकेत दिएपछि एमाले उपनिर्वाचनको अवस्था पछि मात्रै सरकारमा सहभागि बारे निर्णय गर्ने रणनीतिमा छ ।

शुक्रबार १४, बैशाख २०८१ ०८:०६

बझाङमा समाजवादीका दुई धार, जोशी पक्षले एमालेलाई सहयोग गर्ने र शाह पक्षले नगर्ने

समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको छ । हार निश्चित भएकोले सत्ता गठबन्धन र वापन्थी दललाई नै सहयोग गर्नु पर्ने पक्षमा एक धार देखिएको छ । भने अर्को पक्षले कुनै हालतमा गर्न नहुने र एमालेलाई हराउनु नै समाजवादीको जित हुने रिस सहीत दुईधारमा विभाजित बनेका छन् ।

शुक्रबार १४, बैशाख २०८१ १०:११

गौमुलका ६ का ३६ परिवारका घरछाना हावाहुरीले उडाएर ध्वस्त

दिउँसो आएको हावाहुरीले नयाँ बस्ती सालीकोटमा निर्माण गरिएका ३६ वटा घरका जस्तापाता र काठ उडाएको गौमुल गाउँपालिका–६ का वडा सदस्य कलक चदाँराले जानकारी दिएका छन् ।

शनिबार १५, बैशाख २०८१ ०८:५३

बझाङमा ४९.१२ प्रतिशतमात्रै मतदान, भोलि मात्रै मतगणना

उनका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताएका छन् । इलाममा ५७ प्रतिशत मत खस्दा बझाङमा निकै कम मत खसेको हो ।

शनिबार १५, बैशाख २०८१ ०८:५८

एसईई आईडलको सेमिफाइनल सकियो

धनगढीको ओम प्यालेसमा मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी प्रमुख अतिथी रहनुभएको थियो । जोरायल गा.पा. का अध्यक्ष दुर्गादत्त ओझा र चुरे गा.पा. का अध्यक्ष चक्र बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।

शनिबार १५, बैशाख २०८१ ०९:१७

बझाङमा मतगणना सूरु, छवीस पाथिभेराबाट गणना हुने

छविसपाथिभेरा गाउँपालिका( १ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

आइतबार १६, बैशाख २०८१ ०२:४८

इलाममा डम्बर र बझाङमा दमनको सुरुवाती अग्रता

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।

आइतबार १६, बैशाख २०८१ ०३:३५

माओवादीले बाजुरामा बैशाख १७ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने

वडा कमिटी देखि पालिका, निर्वाचन क्षेत्र र जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य सहीत अगुवा कार्यकर्ताको सहभागितामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी नेता चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । मार्तडीमा हुने पार्टी प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको माओवादीले जानकारी दिएको छ ।

आइतबार १६, बैशाख २०८१ ०३:५५

बझाङ एमालेमा विभाजनका दुई चुनाव : ५६ मा मालेको २ हजार कटेन, ८१ मा एसको धरौटी बचेन

२०५१ सालमा एमालेका भानुभक्त जोशी निर्वाचित भएको क्षेत्रमा पार्टी विभाजनपछि एमालेका अर्जुनबहादुर थापा पराजित भए । कांग्रेसका अर्जुनजङ्ग बहादुर सिंहसँग एमालेका थापा २८१ मतले पराजित हुँदा एमालेबाट विभाजित मालेका उम्मेदवार केशवराज जोशीले १ हजार ९०० भन्दा बढी मत पाएका थिए ।

सोमबार १७, बैशाख २०८१ ०८:१२

पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न बडीमालिकामा सरोकारवालासँग प्रशिक्षण सहीत अन्तरक्रिया

बडीमालिकाले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिका स्तरीय परीक्षामा धेरै जसो विद्यायल निल हुने अवस्था देखिएको र शैक्षिक गुणस्तर खस्कीदो अवस्थामा रहेकोले त्यसको सुधारका लगि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

सोमबार १७, बैशाख २०८१ ०८:२१

खैरो हिरोइन सहीत बाजुराको बुढीगंगाका विनोद थापा पक्राउ

बुढीगंगाको फालासैन, बाम्का सहीतका बजार क्षेत्रमा युवाहरु लागुऔषध दुव्र्यशनीमा फसेको गोप्य सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । धनगढी र महेन्द्रनगर भएर भारतबाट खैरो हिरोइन आउने र त्यसको कारोबारमा प्रयोग गर्ने युवाहरु नै देखिएको सूचना अनुसार नै पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बिहिबार २०, बैशाख २०८१ १२:२४

एमाले बाजुराको अधिवेशनको तयारी तिब्र, जिल्ला अधिवेशन जेष्ठ १, २ र ३ गते मार्तडीमा हुने

२६ गतेभित्र अधिवेशन प्रतिनिधी तोकेर र ३० गतेभित्रै सबै तयारी गर्ने गरि कार्यतालिका बनाएर तयारी थालिएको पार्टी सचिव काशी विकले बताएका छन् । सचिव विकका अनुसार बैशाख २२ गते पार्टी अधिवेशनको लोगो सार्वजनिक र तयारी बारे पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् ।

शनिबार २२, बैशाख २०८१ ०७:४८

गौमुलका माझपाली र धल्काँडा बाजुराकै लामो पुलले जोडिदा गाउँमा खुसीयाली

प्रदेश सरकारकै अनुदान सहयोगमा जिल्लाकै सबैभन्दा लामो र अग्लो पुलका रुपमा माझपाली धल्काँडा जोड्न पुल निर्माण गरिएको वडा अध्यक्ष गोरख बोहराले बताएका छन् । पुलको निवर्तमान प्रतिनिधी सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् ।

शनिबार २२, बैशाख २०८१ ०८:११

एमाले बाजुराको आठौं जिल्ला अधिवेशन एकता र हार्दिकताको हुन्छ : सिंह

अधिवेशन पार्टी संगठनलाई जीवन्त राख्ने अवसर भएकोले व्यक्तिलाई विधी माथि राखेर अधिकार दिने र विधी विपरित गतिविधी हुने कुरा कल्पना गर्न समेत नसकिने बताएका छन् । सबैलाई आग्रह गर्दै नेता सिंहले सद्भाव, आपसी सहकार्य, एकता र हार्दिकताको अधिवेशनका रुपमा सफल पार्न आग्रह गरेका छन् ।

आइतबार २३, बैशाख २०८१ ०४:१३

एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक

नयाँ नेतृत्व चयन र आगामी पार्टी रणनीति तय गर्ने गरि अधिवेशन हुन लागेको हो । अधिवेशन मिति तोकिएको तेस्रो पटकमा अधिवेशन हुने निश्चित भएको छ । पार्टी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, पार्टी अध्यक्ष भरत थापा, सचिव काशी विक, संगठन विभाग प्रमुख अमर खड्का, मन्देवी ओली, राजन रोकाया देबु खाती सहीतका नेताहरुले पार्टीको लोगो र नारा सार्वजनिक गरिएको छ ।

आइतबार २३, बैशाख २०८१ ०४:१५

एमाले बाजुराले बैशाख २४ गते ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै

११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधी छनोट हुनेछन् । त्यसका लागि ७५ जना सदस्य बराबर खुला तर्फ १ जना, ५० जना दलित बराबर १ जना र १५ जना जनजाती बराबर १ जना प्रतिनिधी छनोट गर्ने मापदण्ड तय गरिएको छ । सोही मापदण्ड अनुसार करिब २ सय ६० बढी प्रतिनिधी वडाबाटै आउने अनुमान गरिएको छ ।

आइतबार २३, बैशाख २०८१ ०४:२१