सोमबार, ३१ बैशाख २०८१

काँग्रेसको १० दिने अभियान : अपेक्षा बढी उपस्थिति र उत्साह कम

१० दिन जनतासँग जोडिएका नेता कार्यकर्तासँग भेट्ने, छलफल तथा समीक्षा गर्ने, संगठन सुधारको अवस्था बारे जानकारी लिने र शुद्धिकरणको औचित्य सुनाउने कार्यमा नेताहरु सक्रियपनि रहे । तर भनेजस्तो अभियानको उत्साह र नेता कार्यकर्ताको उपस्थिति कतै देखिएन् । बाजुरा होस्, कि अन्य जिल्ला वा कुनै निर्वाचन क्षेत्र, कतैबाट पनि नयाँ तरंगको संकेत देखिएन् ।

बिहिबार ३२, साउन २०८० ०५:५१

बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाइ, कुल बजेटको ७५ . ४ प्रतिसत बजेट खर्च

नागरिकले उठाएका प्रश्नको जवाफ दिदै नगर उपप्रमुख नन्दा थापाले आएका सुझावहरुलाई ग्रहण गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काम गर्दै जाँदा कतिपय कमजोरी हुने बताउदै नगरबासिको जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेकी छन् । नगर सरकारले गरेका कामहरू माथि नागरिकले उठाएका प्रश्नहरु र आएका सुझावहरुले थप जिम्मेवार बनाएको पनि उनले बताइन् ।नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउदै उपप्रमुख थापाले आगामी दिनमा नगरपालिकाको विकासका लागि नगरबासिको हितमा रहेर काम गर्ने बताएकी छन् ।

बिहिबार ३२, साउन २०८० ०६:०६

सामाजिक सञ्जालमा अपबाह हल्ला फैलाएर नगरको बदनाम गर्न खोजियो : नगर उपप्रमुख थापा

बिना प्रमाण मिथ्या आरोप लगाएर नगरको बदनाम गर्न खोजेको उपप्रमुख थापाको भनाई छ । राजनीति प्रतिसोध राखेर जनप्रतिनिधिको चरित्र हत्या गरेको थापाले बताइन् । नगरपालिकाको बिषयमा भएका टिकाटिप्पणीहरु र आलोचनाका बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पनि थापाले बताइन् । यदि आफुहरु माथि लगाइएका आरोपहरु सत्य पुष्टि भएमा कारबाहीको भागेदार हुन तयार रहेको बताउदै प्रमाण लिएर आउन चुनौती दिएकी छन् । बिना प्रमाण कसैको चरित्र हत्या गर्न नहुने बताउदै सामाजिक संजालमा लेख्नेहरुलाई प्रमाण सहित तथ्यमा रहेर कुरा गर्न चुनौती दिएकी छन् ।

बिहिबार ३२, साउन २०८० ०६:४०

बडीमालिकाको सार्वजनिक सुनुवाइ : सुशासनमा सुधार, सेवा प्रवाहलाई सहज बनाउन सुझाव

प्रश्न गर्ने, जिज्ञासा राख्ने र राम्रो कुराको जानकारी लिने दिने माध्यमका रुपमा गरिएको सार्वजनिक सुनुवाइ निकै प्रभावकारी र फलदायी हुने गरेको स्थानीय सन्तोष विकले बताएका छन् । राम्रो नराम्रो जे भएपनि जनताको सामु प्रस्तुत गर्ने र जनसरोकारको विषयमा समीक्षा तथा सवाल जवाफ गर्ने कुरा नै सूशासनको अवस्था सुधारको प्रमुख माध्यम हुने सुशासनका पक्षधर समेत रहेका विकको भनाई छ ।

बिहिबार ३२, साउन २०८० ०७:३३

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

सीप लोप भएकोमा दुखि देखिएका बिर्खबहादुरले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नु पर्ने माग राखेका थिए । मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २४६ जनाको बसोबास रहेको छ । बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका छन् ।

शुक्रबार ०१, भदौ २०८० १२:४३

वडा अध्यक्ष सहित स्थानीयको जनश्रमदानबाट बाटो निर्माण,आवतजावतमा सहज

समुदायको विकासमा सवैको एकिबद्धता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् । यसमा स्थानीयको पनि उल्लेख्य सहभागिता हुने गरेको भन्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको यो सहभागिता प्रति खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन वडा अध्यक्ष पाध्यायले स्थानीयको निश्वार्थ समाज र समुदायको विकासका देखाएको तदारुप्ताले थप काम गर्ने हौसला बढाएको भन्दै धन्यबाद समेत दिएका छन् ।

शुक्रबार ०१, भदौ २०८० ०७:३८

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

यस्तै,एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । जसअनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेस, असोज १० र ११ गते बाग्मती, असोज १२ र १३ गते कोशी प्रदेशको अधिवेशन हुनेछ ।यस्तै, असोज १५ र १६ गते गण्डकी, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।

शनिबार ०२, भदौ २०८० १०:२४

देशको अवस्था हेर्दा रुन मन लाग्छ : शेखर कोइराला

छलफलका क्रममा उनले भने, ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन, देशको अबस्था हेर्दा रुन मन लाग्छ, आँशु आउछ ।’कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको गुनासो गरेका छन् । उनले थपे,‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ? दिक्क भैसक्यो।’

शनिबार ०२, भदौ २०८० ०५:०६

अनेरास्ववियु बाजुराको टोली पुग्यो, बडीमालिका ७ भैरहेको जनश्रमदानको काममा सघाउन,

विद्यार्थीको हक हितका लागि मात्रै नभैई समुदाय स्तरमा समाज सुधार लगायतका समाजिक कार्य समेत गर्दै आएको अनेरास्ववियुको टोली जनप्रतिनिधि र स्थानीयको एकिबद्धतामा भैरहेको रचनात्मक कार्यमा सहभागी भएको हो । जिल्ला कमिटीमा आबद्ध पधातिकारी सहित अनेरास्ववियु प्रति आस्थावान करिब ३० जना बढीको जनाको टोली निस्वार्थ भावनाले सघाउन त्यहाँ पुगेको अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

शनिबार ०२, भदौ २०८० ०७:५०

समाजवादी मोर्चाको बैठक आज बस्दै

आइतबार ०३, भदौ २०८० ०७:२७

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन। उनले संघ, प्रदेश र स्थानीय सरकारबिच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री र मन्त्री ज्वालाबिच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दीपायल द्रुतमार्ग  , कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

आइतबार ०३, भदौ २०८० ०७:३५

पहिरोका कारण बाजुराको डोगडी स्वास्थ्य चौकीमा क्षती, दर्जनौँ घरहरु उच्च जोखिममा

यसरी स्वास्थ्य चौकी बर्षौदेखिको पहिरोको चपेटामा पर्दा पनि स्थानीय सरकारले कुनै अर्को व्यवस्था गर्न सकेको छैन ।उक्त स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकी आसपासका  दर्जनौँ घरहरु  पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण दिन प्रतिदिन गाँउपालिकका बिभिन्न ठाँउमा धनजनको क्षती भएका घटनाहरु सार्वजनिक भइरहेका छन् । गाँउपालिकाका दर्जनौँ बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोका कारण हरेक वर्ष नागरिकले सास्ती खेप्नु परेको छ ।

आइतबार ०३, भदौ २०८० ०२:२८

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो ।बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताउनुभयो ।

मङ्गलबार ०५, भदौ २०८० ०७:४७