आइतबार, ३० बैशाख २०८१

प्रेस चौतारी नेपाल बाजुराले गरेको खुला निबन्ध प्रतियोगितामा कुमार प्रथम

बाजुराको बास्तविकता र आम बुझाइ शिर्षकमा प्रेस चौतारी नेपाल बाजुराले क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भरत बोहरा द्धितीय भएका छन् । भने मनिषा चेपाङ तृतीय स्थान ल्याउन सफल भएकी छन् । सान्त्वना स्थान सहीत रोशनी कुमारी बुढालाई सम्मान गरिएको छ ।

सोमबार २२, माघ २०८० ०७:३१

राष्ट्रिय संगीतकर्मी संघको बाजुरा शाखा गठन, अध्यक्षमा देव बोहरा चयन

गायक देवबहादुर बोहरा अध्यक्ष रहने गरि ३५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । जसमा वरिष्ठ उपाध्यक्ष दिपक विक, प्रथम उपाध्यक्ष राजु बुढा, उपाध्यक्ष लक्ष्मी नेपाली, महासचिव गोविन्द्रराज तिमिल्सेना, सचिव सन्तोषी रावल, प्रवक्ता दिवक विक विकाशी, सहसचिव मानबहादुर रोकाया, कोषाध्यक्ष कल्पना विक, सहकोषाध्यक्ष हिमानी कार्की रहनु भएको छ ।

बुधबार २४, माघ २०८० ०७:२०

स्वामिकार्तिकले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

बिहिबार २५, माघ २०८० ०७:३६

राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई खप्तड छेडेदहले गर्यो सम्मान

खप्तड छेडेदहले यो शिल्डमा ८ स्वर्ण, १४ रजत र ४ कास्य गरि २६ पदक हात पारेको थियो । भने सहभागि नौ वटा पालिका मध्ये तृतीय स्थान ल्याउन सफल भएको थियो । पालिकाले तीन वटा विधामा स्वर्ण जित्न सफल सिर्जना कुमारी बुढाथोकीलाई उत्कृष्ट खेलाडी सम्मान स्वरुप नगर ४ हजार सहीत सम्मान गरेको छ ।

सोमबार २९, माघ २०८० ०७:०६

नेपाल स्काउटको सुदूरपश्चिम आयुक्तमा नरेन्द्र थापा

निर्वाचन प्रयोजनका लागि नेपाल स्काउटले प्रदेश संयोजक तोकेर पठाएको थियो । ती मध्ये थापालाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी थियो । प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो ।

मङ्गलबार ०८, फागुन २०८० ०८:५५

विरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरि मनाए आरसीले जन्मदिन

जन्मदिनको विहान बाजुरा जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई फलफूल वितरण सहीत स्वास्थ्य लाभको कामना गरेका रोकायाले दिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् । बडीमालिका नगरपालिका ९ मा रहेको मष्टेश्वरी आधारभुत विद्यालयका १ सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

बुधबार ०९, फागुन २०८० ०१:५५

ओलीको जन्मदिन बिशेष बाजुरामा विद्यार्थीबीच वक्तृत्वकला

ओली सपनाको औचित्य र सार्थकतामा विद्यार्थी बीच बहस र वौद्धिक छलफल गराउन  ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना र सार्थकता विषयमा वक्तृत्वकला आयोजना गरिएको हो । चार वटा विद्यालयका १८ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

शुक्रबार ११, फागुन २०८० ०६:५१

बाजुरामा समता स्कुलका ६ वर्ष : सस्तो शुल्कमा गुणस्तरीय शिक्षा

सस्तो शुल्कमा, अंग्रेजी माध्यम सहीतको शिक्षा दिने उदेश्य सहीत देशव्यापी विस्तार गरिएको समता स्कुलले बाजुरामा पनि अभिभावकको मन जितेको छ । विद्यालय समता एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको हो । अभिभावक दिवस तथा बार्षिक उत्सव समारोहको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले उद्घाटन गरेका हुन् ।

शनिबार १२, फागुन २०८० ०६:१५

बाजुरा क्याम्पसमा निशुल्क नृत्य प्रशिक्षण कक्षा सञ्चालन

विद्यालय स्तरमा मात्रै नृत्य कक्षा सञ्चालन हुने, माथिल्लो कक्षा तथा क्याम्पस स्तरमा विद्यार्थीको रुची नहुने भन्ने मान्यता रहेपनि कक्षा सञ्चालनपछि आकर्षण उल्लेख्य देखिएको प्रशिक्षण राजेश पायलले बताएका छन् । पायलले निशुल्क रुपमा हप्तादिन नृत्य कला प्रशिक्षण गराउने बताएका छन् ।

बिहिबार १७, फागुन २०८० ०६:४२

गौमुलका दुर्गम गाउँमा ‘फोर जी’ सेवा

लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताउनुभएको छ । गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएको छ ।

शुक्रबार १८, फागुन २०८० ०८:०३

सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा १ स्वर्णमै सीमित, डोटी र दार्चुला स्वर्ण विहीन

१४ औं प्रदेश स्तरीय शिल्डमा बाजुराले १ स्वर्ण सहीत ६ रजत र १३ कास्य सहीत २० वटा पदम ल्याएर छैटौं स्थानमा समेटिएको छ । सहभागि नौ वटा जिल्ला मध्ये कैलाली पहिलो र कंचनपुर द्धितीय भएका छन् । डडेल्धुरा तृतीय स्थान ल्याउन सफल भएको छ ।

मङ्गलबार २२, फागुन २०८० ०१:०१

स्वामिकार्तिकले आयोजना गरेको पालिका कप भलिबलको उपाधी केपी ‘बा’ को पोल्टोमा

फाइनल खेलमा पाहुना टोली कालिकोटलाई सोझो सेटमा पाखा लगाउँदै उपाधी हाप पारेको भलिबट टिमका व्यवस्थापक भाष्कर शाहीले जानकारी दिएका छन् । कालिकोटलाई केपी बा स्पोर्टस क्लबले २५–२२, २५–२१ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो ।

शनिबार २६, फागुन २०८० ०७:२५

जगन्नाथ पालिका कपको उपाधी पनि केपी ‘बा’ कै कब्जामा

स्वामिकार्तिक खापरगाउँपालिकाले आयोजना गरेका पालिका कपको उपाधी हात पारेको तेस्रो दिनमा केपी बा स्पोर्टस् क्लबले फेरि अर्को उपाधी उचालेको छ । छिमेकी जगन्नाथ गाउँपालिकाले आयोजना गरेको जगन्नाथ पालिका अुला भलिबल कपको उपाधी पनि केपी बा ले नै उचालेको हो । केपी बा ले तीन दिन पहिला मात्रै स्वामिकार्तिक खापर पालिका भलिबल कप पनि जितेको थियो ।

सोमबार २८, फागुन २०८० ०४:३३

जातीय विभेद विरुद्धको सचेतना मुलक गीतमा राजेश र अञ्जलीको अभिनय

भिडियोमा राजेश पायल विकले अभिनय गर्ने अवसर पाएका छन् । नेपाली म्यूजिक भिडियोमा आफ्नो अभिनयलाई स्थापित गरेकी चर्चित मोडल अञ्जली अधिकारको साथमा राजेश पायल पनि देखिन लागेका हुन् । अधिकारी नेपाली दर्शकमाझ निकै लोकप्रीय छन् ।

बुधबार ३०, फागुन २०८० १०:०९

रानीवनको टोली सि डिभिजन लिग खेल्न काठमाडौं प्रस्थान

रानीवनले २०७६ सालदेखि सि डिभिजन खेल्न सुरु गरेको हो । सि डिभिजनको मान्यताका लागि भाग लिएकै वर्ष रानीवनले सि डिभिजनको मान्यता पाएको थियो । यो खेल बि डिभिजनमा बडुवाका लागि खेल्न लागेको हो ।

आइतबार १८, चैत २०८० ०७:५५

ओलीको उपस्थितिमा जनसांस्कृतिक महासंघले सांस्कृतिक साँझ गर्दै

आगामी ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न लागिएको र त्यसको तयारी तीव्र भइरहेको उनले बताएका छन् । ‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ हाम्रो ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचा

सोमबार १९, चैत २०८० १२:३७

सुदूरपश्चिममा पहिलो पटक डिजिटल प्रविधी मार्फत खेल प्रतियोगिता हुने

धनगढी टेनिङ्ग सेन्टर प्रालिको आयोजनामा खेल प्रतियोगिता हुन लागेको हो । लुडो, चेक र कार रेश प्रतियोगिता हुन लागेको धनगढी टेनिङ्ग सेन्टर प्रालिका प्रमुख विनोद खड्काले बताएका छन् । आधुनिक प्रविधीमा युवा विद्यार्थीलाई जोड्न प्रतियोगिता हुन लागेको खड्काm् जानकारी दिएका छन् ।

सोमबार १९, चैत २०८० ०१:२६

रानीवन सि डिभिजन लिगको पहिलो खेलमा बराबरीमा रोकियो

एन्फा फुटबल मैदान सातदोबाटोमा भएको खेलमा रानीवनले सुरुवादी अग्रता लिएको थियो । त्यसको लगत्तै महावीर फुटबल क्लबले गोल फर्काएर बराबरी गरेको थियो । असार पहिलो सातासम्म चल्ने खेलमा सि डिभिजन मान्यता पाएका १४ टिम बीच प्रस्तिस्पर्धा हुनेछ ।

शुक्रबार २३, चैत २०८० ०८:२८

बाजुराको क्रियटर जोन ऐकेडेमीमा खेल सप्ताह सुरु, भलिबल, फुटबल र व्याडमिन्टन एकसाथ आयोजना

समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । एक साथ महिला र पुरुष दुबैका लागि खुला भलिबल, फुटबल र व्याडमिन्टल खेला सञ्चालन गरेको छ ।

सोमबार २६, चैत २०८० ०६:०८

बाजुराको मार्तडीमा जारी खेल सप्ताहमा रानीवन र आयोजक क्रियटरको दबदबा

क्रियटर जोन ऐकेडेमीले नव वर्ष २०८१ को अवसर पारी महिला पुरुष दुबै तर्फका भलिबल, फुटबल र ब्याडमिन्टल खेल आयोजना गरेको छ । चैत्र २६ गते देखि जारी खेलमा हालसम्म पुरुष र महिला तर्फको भलिबलमा फाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ ।

बुधबार २८, चैत २०८० ०८:१६

क्रियटरको खेल सप्ताहमा पुरुष फुटबलमा रानीवन र मार्तडी फाइनल भिड्ने

पुरुष तर्फ बोस बाजुरालाई हराउँदै रानीनवले उपाधी हात पारेको हो । भने महिला तर्फ गौमुललाई हराउँदै आयोजक टिमले उपाधी हात पारेका हुन् । बोस बाजुरा र रानीवनको खेल कडा प्रतिस्पर्धामा सकिएको हो । दुबै टिम उत्कृष्ट खेलाडीले भरिएका थिए ।

बिहिबार २९, चैत २०८० ०७:५९

क्रियटरको खेल सप्ताह सकियो, पुरुष फुटबलमा मार्तडी र भलिबलमा रानीवनको जित

तीन वटा बिधाका खेल मध्ये रानीवन दुई वटा खेलमा पहिलो र एक वटामा दोस्रो भएको छ । भने आयोजक क्रियटर एक वटामा प्रथम र एक वटामा द्धितीय भएको छ । समग्र खेलमा रानीवन र आयोजककै दबदबा देखिएखेल चैत्र २६ गतेबाट सुरु गरिएको हो ।

शुक्रबार ३०, चैत २०८० ०६:२७

एकै ओभरमा ६ छक्का हान्ने दीपेन्द्र बने पहिलो नेपाली खेलाडी

दिपेन्द्रले यस अघि ९ बलमै ५० रन कटाएर विश्व किर्तिमान कायम गरेका छन् । भने एकै ओवरमा ६ वटा छक्का हान्ने खेलाडीमा पनि दिपेन्द्र विश्वका पाँच जनाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

शनिबार ०१, बैशाख २०८१ ०७:२१

बाजुरा सहीत सुदूरपश्चिमको बिशेष चाड बिशु भव्य रुपमा मनाइयो

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ ।

शनिबार ०१, बैशाख २०८१ ०७:५९