आइतबार, १६ बैशाख २०८१

स्वामिकार्तिकले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरिएको छ । 

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा हौसला दिने गरी पदक विजेतालाई नगद सहित सम्मान गरेको बताएका छन् । पालिकाबाट छनोट भएर जिल्लास्तरिय शिल्डमा सहभागी भएर स्वर्ण पदक विजेतालाई दश हजार,रजत आठ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार नगदले सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले जानकारी दिएका छन् । 

गाउँपालिकाले खेलमा क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान गरिएको बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा भएको जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डमा स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक हात पारेको थियो । 

प्रतिक्रिया दिनुहोस