आइतबार, १६ बैशाख २०८१

जगन्नाथ पालिका कपको उपाधी पनि केपी ‘बा’ कै कब्जामा

रानीवन उपविजेतामै समेटियो

बाजुरा : स्वामिकार्तिक खापरगाउँपालिकाले आयोजना गरेका पालिका कपको उपाधी हात पारेको तेस्रो दिनमा केपी बा स्पोर्टस् क्लबले फेरि अर्को उपाधी उचालेको छ । छिमेकी जगन्नाथ गाउँपालिकाले आयोजना गरेको जगन्नाथ पालिका अुला भलिबल कपको उपाधी पनि केपी बा ले नै उचालेको हो । केपी बा ले तीन दिन पहिला मात्रै स्वामिकार्तिक खापर पालिका भलिबल कप पनि जितेको थियो ।

क्षेत्रीय र राष्ट्रिय खेल खेलिसकेका खेलाडीले भरिएको केपी बा को टिमले सहभागि १२ टिमलाई पछि पार्दै उपाधी कब्जा गरेको हो । फाइलन खेलमा रानीवन स्पोर्टस् क्लबलाई हराउँदै उपाधी हात पारेको आयोजकले बताएको छ । रानीवनसँगको फाइनल खेलमा केपी बा ले अन्तिम सेटमा जित हात पारेको हो ।

५ सेट मध्ये सुरुमा २–२ सेटको बराबरी रहेको थियो । पाँचौ सेटमा केपी बा ले रानीवनलाई हराएको हो । रानीवनले पनि नेपाल आर्मीका खेलाडी रहेको टिम सेट गरेको थियो । जितसँगै केपी बा ले ५० हजार नगद, प्रमाण पत्र हात पारेको टिम व्यवस्थापक भाष्कर शाहीले जानकारी दिएका छन् ।
विजेता खेलाडीलाई गाउँपालिका उपाध्यक्ष मरुकला विष्ट सहीतका जनप्रतिनिधीले पुरस्कार वितरण गरेका हुन् । जगन्नाथ गाउँपालिकाले पनि शिवरात्री मेलाको अवसर पारी खुला भलिबल आयोजना गरेको हो । 

आयोजकलाई पराजित गर्दै केपी बा र कालिकोटलाई र पराजित गर्दै रानीवन लाई पराजित गर्दै फाइलन प्रवेश गरेका हुन् । केपी बा स्पोर्टस् क्लबले स्वामिकार्तिक कपको फाइलन जित्दा कालिकोट उपविजेता बनेको थियो । भने रानीवन तृतीय स्थानमा समेटिएको थियो ।

जगन्नाथ पालिका कपमा भने रानीवन उपविजेता बनेको छ । उपविजेतासँगै ३० हजार नगद र प्रमाण पत्र हात पारेको टिम व्यवस्थापक आरसी रोकायाले जानकारी दिएका छन् । पाहुना टोलीका रुपमा सहभागि दुबै टिम उपाधी सहीत घर फर्किएका छन् ।

खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्न, खेलाडीलाई हौसला र स्थानीय शिवरात्री मेलाको महिमा बढाउन भलिबल आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष मरुकला विष्टले बताएकी छन् । खेल बीचमा केही अवरोधका कारण लम्बीएर ढिलोगरि सकिएको हो । 
 

प्रतिक्रिया दिनुहोस