आइतबार, ३० बैशाख २०८१

भारतले अहिलेसम्मकै भव्य गर्ने विश्वकप क्रिकेटको फाइनल

आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।

शनिबार ०२, मङि्सर २०८० ०७:५७

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

आइतबार ०३, मङि्सर २०८० ०८:१३

एमालेको संकल्प यात्रामा झल्कियो सुदूरको मौलिक सँस्कृति

यो क्रम पाँचथरको चिवाभञ्जाग सम्म नै निरन्तर रहने पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । सुदूरपश्चिमका शिर्ष नेता समेत रहेका थापाले यो यात्राले देश निर्माणमा नयाँ तरंग दिने, पार्टी प्रतिको विश्वास र जनसम्पर्क बढ्ने दाबी गरेका छन् ।

शुक्रबार १५, मङि्सर २०८० ०५:५१

नहकुल जोशीको उपन्यास ‘नाजवाफ’ सार्वजनिक

जनताको जीवनस्तर  र ब्यवस्था परिर्वतनका निम्ति खस साम्राज्यको योगदान प्रसस्तै भए पनि विकास निमार्ण र मानिसको जीवनस्तर फेरिनेकुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङिगत गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग अलग पुस्ताले दुई दशकसम्म पनि परिर्वतनको महशुस नगर्नुले ब्यवस्था फेरिदैमा जनताको अवस्था फेरिदैन भन्ने तर्फ आज आममानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समिक्षक अर्जुन शाहले बताए ।

सोमबार २५, मङि्सर २०८० ०७:४८

बडीमालिका नगर स्तरीय चौथो रनिङ शिल्डको च्याम्पीयन पनि मालिका

यो पटकको बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि आफ्नो इतिहास कायम राखेको छ । सहभागि ११ विद्यालयलाई पछि पार्दै यो पटक पनि मालिकाले जितलाई निरन्तरता दिएको छ । पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा मालिका माविले ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक हात पारेको छ ।

बिहिबार ०५, पुष २०८० ०८:१७

जगन्नाथमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सूरू

कार्यक्रममा विशिष्ट अथितिमा उपाध्यक्ष मरुकला बिष्ट ,बाजुरा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष राकेश थापा,निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर शाही रहेका थिए भने अथितिमा वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य ,विभिन्न बिद्यालयका प्रधानाध्यापक , विव्यस अध्यक्ष , विभिन्न पाटीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

बुधबार ११, पुष २०८० ०६:४८

बुढीगंगा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पीयन बन्यो भानुदय मावि

शिल्डमा भएका कुल खेल मध्ये भानुदयले १६ स्वर्ण, ५ रजत र ६ कास्य गरि २७ पदक हात पारेर पहिलो बनेको हो । ७ स्वर्ण ४ रजत र १ कास्य गरि १२ पदक सहीत त्रिशक्ती मावि बाह्विस दोस्रो बन्न सफल भएको हो ।

आइतबार २२, पुष २०८० ०७:४७

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि कोल्टीमा हुने

नौ वटै स्थानीय तहले पालिका स्तरीय शिल्ड समापन गरेसँगै खेलकुद समितिले जिल्ला स्तरीय प्रतियोगिताको मिति घोषणा गरेको अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् । अघिल्लो पटक खप्तड छेडेहद गाउँपालिका स्थित दशरथ माविको खेल मैदानमा आयोजना गरिएको शिल्ड यो पटक भने जनप्रकाश मावि कोल्टीमा आयोजना गरिने भएको छ ।

सोमबार २३, पुष २०८० ०८:०१

बाजुराकी सरिता अब राष्ट्रिय फुटबल टिममा, साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

सरितालाई पनि गरिबी र अभावले फुटबल मोह र सफलता हात पार्न कहिँ कतै रोकेन् । बरु निरन्तरताको संघर्षले सफलता दिलाई छोड्यो । अब बाजुराकी सरिता नेपालको जर्सीमा देशका लागि खेल्नेछन् । त्यो पनि अरु देशका विरुद्ध मैदानमा उत्रिएर नै ।

बिहिबार ०४, माघ २०८० ०७:५८

महिला फूटबलका लागि हब बन्दै सुदूरपश्चिम, साफ यू–१९ खेल्ने टिममा सुदूरपश्चिमका मात्रै ८ जना

घोषित २३ जनाकै टोली भित्रबाट नै साफ खेल खेल्न पाउने छन् । नेपाली टोलीमा सुदूरपश्चिमबाट लिला जोशी, रोजिता विष्ट, सरिता कुमारी नाथ, सिता रोकाया, गंगा रोकाया, बिर्सना चौधरी बर्षा ओली र लिला चन्द्र छनोटमा परेका छन् ।

बिहिबार ०४, माघ २०८० ०८:५९

रनिङ शिल्ड अवधीभर कोल्टीमा ८ बजेपछि होटल पसल सञ्चालन गर्न नपाईने

रातीको समयमा हुने संभावित असुरक्षा र घटनालाई लक्षित गरेर सुरक्षा निकायसँगको परामर्शमै निर्णय गरिएको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिएका छन् । बाजुराको चौधौं राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि १८ गतेसम्म कोल्टीमा हुने छ । जिल्लाका नौ वटा पालिकाबाट खेलाडी भाग लिनेछन् ।

आइतबार ०७, माघ २०८० ०८:१६

एन्फाभित्र आर्थिक चलखेलको आरोप, कार्यकारी सदस्य मल्लले दिए छानवीनका लागि उजुरी

हेटौडामा बिशेष साधारण सकिएपछि पौष २ गतेको बैठकमा ८ जना एन्फाका कार्यकारी सदस्यले अध्यक्ष र महासचिवको एजेण्डा र निर्णय विरुद्ध हस्ताक्षर गरेका थिए । एन्फामा २१ जना कार्यकारी सदस्य रहने व्यवस्था छ । तर ८ जनाले विमति जनाएपनि बहुमतले निर्णय गरिएको थियो ।

सोमबार ०८, माघ २०८० ०९:४८

रेडियो गौमुलले मनायो चोथौं बार्षिक उत्सव : समृद्धिको सारथी बन्न सुझाव

स्थापना दिवसको अवसर पारी चियापान तथा अन्र्तक्रिया आयोजना गरिएको रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले बताएका छन् । गौमुल गाउँपालिकासँगको सहकार्यमै सञ्चालनमा रहेको रेडियो गौमुलले पालिकाले सञ्चालन गर्ने गतिविधी र पालिका भित्रका सवाल र संभावनालाई प्रमुख सवालका रुपमा संवोधन गर्ने गरेको छ ।

बुधबार १०, माघ २०८० ०८:१२

एकैपटक पाँच महिलालाई गर्भवती, संगै ‘बेबी सावर’

२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।

बिहिबार ११, माघ २०८० ०७:१६

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा, नेपालसँग अफगानस्तानको १ विकेटको हार

१४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे । खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।

शुक्रबार १२, माघ २०८० ०८:५६

बाजुरा जिल्ला स्तरीय रनिङ शिल्डको तयारी तिब्र, सांसद पाण्डेले उद्घाटन गर्ने

करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको शिल्डमा दर्शक देखि हजारौको संख्यामा खेल प्रेमी सहभागि हुने अनुमान गरिएको छ । कोल्टीमा पहिलो पटक रनिङ शिल्ड आयोजना हुन लागेको हो । मार्तडी पछि पहिलो पटक खप्तड छेडेदह गाउँपालिका स्थित आटीचौरमा आयोजना गरिएको थियो ।

शनिबार १३, माघ २०८० ०७:४९

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० बाजुराका बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई

उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण गरिने श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठको अनुसार सुप्रिमलाई पचास हजार रुपियाँ नगद राशी सहित सम्मान पत्रद्धारा सम्मान गरिनेछ ।

शनिबार १३, माघ २०८० ०८:०१

जेबीको आठौं वार्षिक उत्सवको अवसरमा खुला व्याटमिन्टन

प्रतियोगिताको समापन कार्यक्रम प्रालिको आफ्नै नवनिर्मित कवर्डहलमा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यतामा गरिएको समापन कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले गरेका थिए ।

सोमबार १५, माघ २०८० १२:११

जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

सोमबार १५, माघ २०८० १२:१६

राष्ट्रपति रनिङ शिल्डले रंगिन बन्यो कोल्टी

खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी हुने सुझाव दिएका छन् । कार्यक्रममा प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा विकासमा एक भएको, खेल र भावनामा एक भएको सन्देश दिन मिल्ने गरि रनिङ शिल्डले सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार १५, माघ २०८० ०६:४७

बाजुरामा ५ महिना पछि बर्षा र हिमपात

५ महिनापछि बर्षा आएपछि किसानका लागि सुन बर्षे जस्तै भएको छ । तर हिमपातका कारण भने चिसो बढेको छ । रातीबाटै सुरु भएको हिमपात अहिलेपनि केही भागमा जारी छ । हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा बर्षा भइरहेको छ ।

बिहिबार १८, माघ २०८० ०८:५६

बाजुराको रनिङ शिल्डमा तोडियो बडीमालिकाको १३ वर्षे रेकर्ड, बुढीनन्दाले लगायो ब्रेक

एकछत्र उपाधीमा राज गर्दै आएको बडीमालिकाको इतिहास नै तोडिएपछि ठूलो झड्का लागेको छ । बडीमालिकालाई लागेको ब्रेक र बुढीनन्दाको सफलतालाई पालिका स्तरीय स्वस्थ प्रतिस्प्रर्धाको संज्ञा पनि खेलप्रेमीहरुले दिने गरेका छन् । कतिपयले मार्शलआर्ट तर्फका खेल र घरेलु मैदानको फाइदा लिएको प्रतिक्रिया दिएका छन् ।

आइतबार २१, माघ २०८० ०५:४०

बाजुराकी सरिताले खेलेको भुटानविरुद्धको खेलमा नेपालको जित

यो खेलबाट बाजुराकी सरिता नाथले ड्यू गरेकी छन् । छनोटमा परेको पहिलो चरणमै सेट ११मा परेर खेल्ने अवसर पाउने सरिता भाग्यमानी खेलाडी हुन् ।

आइतबार २१, माघ २०८० ०७:५८

विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट बाजुराका पत्रकार रावल र ऐडी सम्मानीत

प्रतिव्यक्ति नगद ५ हजार ५ सय ५५ रुपैया नगद राशी रहने गरि सम्मान गरिएको सचिव रमित विकले जानकारी दिएका छन् । दुबै जनालाई नगद चेक सहीत सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी विक, बडीमालिकाका नगर प्रमुख अमर खड्का, भीमकान्त पौडेल सहीतले गर्नु भएको हो ।

सोमबार २२, माघ २०८० ०७:२६