आइतबार, १६ बैशाख २०८१

सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा १ स्वर्णमै सीमित, डोटी र दार्चुला स्वर्ण विहीन

धनगढी : बाजुरा सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १ स्वर्णमा सीमित बनेको छ । फागुन २० र २१ गते सञ्चालित शिल्डमा बाजुराले १ स्वर्णमै चित्त बुझाएको हो । ६६ वटा स्वर्णका लागि प्रतिस्पर्धा गरिएको थियो । 

१४ औं प्रदेश स्तरीय शिल्डमा बाजुराले १ स्वर्ण सहीत ६ रजत र १३ कास्य सहीत २० वटा पदम ल्याएर छैटौं स्थानमा समेटिएको छ । सहभागि नौ वटा जिल्ला मध्ये कैलाली पहिलो र कंचनपुर द्धितीय भएका छन् । डडेल्धुरा तृतीय स्थान ल्याउन सफल भएको छ ।

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ वटा कास्य पदका हात पारेको छ । यस्तै द्धितीय भएको कंचनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य हात पारेको छ । डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य जितेर तृतीय स्थान ल्याउन सफल भएको छ । 

बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो स्थानमा समेटिदा बझाग २ स्वर्ण, ४ रजत र १३ कास्य सहीत पाँचौ स्थानमा रहन सफल भएको छ । छैंटौ स्थान ल्याएको बाजुरा पछि सातौं स्थानमा अछाम रहेको छ । अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पारेको छ । 

आठौं र नवौ स्थानमा ल्याएका डोटी र दार्चुला भने स्वर्ण विहिन बनेका छन् । दुबै जिल्लाले कुनैपनि खेलमा स्वर्ण पदम जित्न सकेनन् । दार्चुलाले ४ रजत र ३ कास्य, डोटीले ३ रजत ८ कास्य पदकमै चित्त बुझाएर फर्किएको छ । खेलमा कैलाली र कंचनपुर नै हाबी देखिएका छन् ।
प्रदेश स्तरीय खेलमा जितेका खेलाडीले केन्द्रीय रनिङ शिल्डमा भाग लिन पाउने छन् । जिल्लाबाट छनोट भएकाहरुले प्रदेशमा भाग लिएर खेल खेलेका

हुन् । केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड बैशाख पहिलो साता आयोजना गर्ने तयारी गरिएको छ । पहाडी जिल्लामा बाजुराको नजिता अछाम, बझाग र दार्चुला भन्दा यो वर्ष राम्रो देखिएपनि लगानी र तयारी अनुसारको उपलब्धी अझै देखिएको छैन् ।   
 

प्रतिक्रिया दिनुहोस