आइतबार, १६ बैशाख २०८१

बाजुरा क्याम्पसमा निशुल्क नृत्य प्रशिक्षण कक्षा सञ्चालन

बाजुरा : बाजुरा क्याम्पसमा निशुल्क नृत्य प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ । बडीमालिका नगरपालिका स्तरीय युवा सञ्जालको सहकार्यमा क्याम्पस स्तरीय नृत्य प्रशिक्षण कक्षा सञ्चालन गरिएको हो । क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नृत्य विधामा पनि आकर्षण बढाउन कक्षा सञ्चालन गरिएको युवा सञ्जालका अध्यक्ष सन्तोष विकले जानकारी दिएका छन् ।

बाजुरा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रशिक्षण गराइएको हो । सुरुमा एक सय बढीले भाग लिएकोमा हाल ४० जनाको संख्यामा विद्यार्थी छनोटमा परेका छन् । हप्तादिनसम्म सञ्चालन हुने कक्षामा नृत्य कला सीप सिकाइने युवा सञ्जालका सचिव वीरेन्द्र रावलले बताएका छन् ।

विद्यालय स्तरमा मात्रै नृत्य कक्षा सञ्चालन हुने, माथिल्लो कक्षा तथा क्याम्पस स्तरमा विद्यार्थीको रुची नहुने भन्ने मान्यता रहेपनि कक्षा सञ्चालनपछि आकर्षण उल्लेख्य देखिएको प्रशिक्षण राजेश पायलले बताएका छन् । पायलले निशुल्क रुपमा हप्तादिन नृत्य कला प्रशिक्षण गराउने बताएका छन् । 

जिल्लाका विभिन्न माध्यमिक विद्यालय र पालिका स्तरमा पनि नृत्य प्रशिक्षण पायलले कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थीको चौतर्फी विकास र नृत्य विधामा आकर्षण बढाउन प्रशिक्षण कक्षाले योगदान पुग्ने विश्वास गरिएको छ । बाजुरा क्याम्पसले पनि नयाँ र रचनात्मक कक्षा सञ्चालन गरिएकोमा खुसी व्यक्त गरेको छ ।    

No description available.

 

प्रतिक्रिया दिनुहोस