आइतबार, १६ बैशाख २०८१

स्वामिकार्तिकले आयोजना गरेको पालिका कप भलिबलको उपाधी केपी ‘बा’ को पोल्टोमा

बाजुरा : केपी बा स्पोर्टस् क्लबले स्वामिकात्र्तिक खापरगाउँपालिकाले आयोजना गरेका पालिका कपको उपाधी हात पारेको छ । सहभागि ११ टिमलाई पछि पार्दै केपी बा स्पोर्टस् क्लबले उपाधी हात पारेको हो । पालिकाले शिवरात्री मेलाको अवसर पारी खुला भलिबल आयोजना गरेको हो । 

फाइनल खेलमा पाहुना टोली कालिकोटलाई सोझो सेटमा पाखा लगाउँदै उपाधी हाप पारेको भलिबट टिमका व्यवस्थापक भाष्कर शाहीले जानकारी दिएका छन् । कालिकोटलाई केपी बा स्पोर्टस क्लबले २५–२२, २५–२१ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो । 

आयोजकलाई पराजित गर्दै कालिकोट र रानीवनलाई पराजित गर्दै केपी बा स्पोर्टस् क्लब फाइनल प्रवेश गरेका थिए । पालिकाको ४ देउरामा आयोजित भलिबल बिजेता केपी बा स्पोर्टस् क्लबले उपाधीसँगै नगद ५५ हजार ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र ट्रफि हात पारेको छ । 

क्षेत्रीय र राष्ट्रिय खेल खेलिसकेका खेलाडीले भरिएका दुबै टिमलाई दर्शकहरुको भारी समर्थन रहेको थियो । उपविजेता बनेको कालिकोटले नगद ३३ हजार ३ सय सहीत प्रमाण पत्र र ट्रफि हात पारेको छ । 

तृतीय स्थानमा समेटिएको रानीवन स्पोर्टस् क्लबले पनि २१ हजार १ सय नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । कुण्डा क्षेत्रका सबै टिमलाई पाखा लगाएर पाहुना टोलीमा रुपमा सहभागि केपी बा स्पोर्टस क्बल र कालिकोट विजेता र उपविजेताको उपाधी लिएर घर फर्किएका छन् ।  

खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्न, खेलाडीलाई हौसला र स्थानीय शिवरात्री मेलाको महिमा बढाउन भलिबल आयोजना गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । रोकायाका अनुसार देउडा खेलाडी बीचको प्रतिस्प्रर्धासँगै खुला भलिबल आयोजना गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस