सोमबार, ०७ जेठ २०८१

सुदूरपश्चिममा पहिलो पटक डिजिटल प्रविधी मार्फत खेल प्रतियोगिता हुने

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक विद्युतीय प्रविधी मार्फत खेल प्रतियोगिता हुने भएको छ । आधुनिक प्रविधी विकाससँगै पहिलो पटक प्रदेश स्तरीय विद्युतीय प्रविधी मार्फत खेल प्रतियोगिता आयोजना हुन लागेको हो ।

धनगढी टेनिङ्ग सेन्टर प्रालिको आयोजनामा खेल प्रतियोगिता हुन लागेको हो । लुडो, चेक र कार रेश प्रतियोगिता हुन लागेको धनगढी टेनिङ्ग सेन्टर प्रालिका प्रमुख विनोद खड्काले बताएका छन् । आधुनिक प्रविधीमा युवा विद्यार्थीलाई जोड्न प्रतियोगिता हुन लागेको खड्काm् जानकारी दिएका छन् ।

प्रविधी तर्फको आकर्षण बढाउन र युवा विद्यार्थीलाई आधुनिक प्रविधीबारे ज्ञान सीप विकासमा टेवा पुर्याउन लक्ष्य सहीत खेल आयोजना गर्न लागिएको हो । हाल एसइइ दिइरहेका र दिएर बसेका विद्यार्थीले भाग लिन पाउने गरि खेल आयोजना गरिएको छ । 

तीन वटै विधाका खेलका विजेतालाई पुरस्कार समेत प्रदान गरिने भएको छ । कम्प्यूटर प्रविधी मार्फ खेलमा जोडिनु पर्ने र खेलमा उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्ष पढाइने आयोजना संस्था धनगढी टेनिङ्ग सेन्टर प्रालिले जानकारी दिएको छ । 

प्रथम, द्धितीय र तृतीय स्थान ल्याउन ९ जनालाई पुरस्कार सहीत वृज्ञ कोर्ष अध्ययनमा सहुलियत गरिने र बाँकी थप ४० जनालाई पनि निशुल्क कोर्ष सिकाउने आयोजक धनगढी टेनिङ्ग सेन्टर प्रालिले बताएको छ । लामो समयदेखि धनगढीमा बृज कोर्षका कक्षाहरु सञ्चालन गरिरहेको धनगढी टेनिङ्ग सेन्टर प्रालिले यो पटक पनि नयाँ अभ्यासको थालनी गरेको छ । 

चैत्र ३० गतेसम्म आवेदन फारम भर्ने अवधी राखिएको खेलमा एक जनाले एउटा खेलमा मात्रै भाग लिन पाउनु व्यवस्था गरिएको छ । आयोजक संस्थाले ०९१५२६१३३ र ९८४८६८८६४८ मा सम्पर्क गर्न भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस