आइतबार, १६ बैशाख २०८१

जातीय विभेद विरुद्धको सचेतना मुलक गीतमा राजेश र अञ्जलीको अभिनय

बाजुरा : मान्छे भएर पनि मान्छेबाटै विभेद र तिरस्कार हुने कुचलनको विरुद्ध सचेतना दिन बनेको गीतको म्यूजिक भिडियो छांयाकंन सुरु गरिएको छ । दलित समुदाय माथि गरिने विभेद र अन्यायको कथालाई शब्द मार्फत व्यक्त गर्ने र सन्देश प्रवाह गर्ने उदेश्य सहीत तयार पारिएको गीतको म्यूजिक भिडियो बन्न लागेको छ ।

भिडियोमा राजेश पायल विकले अभिनय गर्ने अवसर पाएका छन् । नेपाली म्यूजिक भिडियोमा आफ्नो अभिनयलाई स्थापित गरेकी चर्चित मोडल अञ्जली अधिकारको साथमा राजेश पायल पनि देखिन लागेका हुन् । अधिकारी नेपाली दर्शकमाझ निकै लोकप्रीय छन् । 

पूणर्कला बिसी र राजेन्द्र बाजुरालीको लय तथा बिनोद बाजुरालीको शब्द र संगीतमा तयार पारेको गीतको छायांकन काठमाडौंमा गरिएको छ । बडीमालिका नगरपालिकाको सहयोग र मौसम हिमालीको निर्देशनमा म्यूजिक भिडियो बन्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस