सोमबार, ०७ जेठ २०८१

पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न बडीमालिकामा सरोकारवालासँग प्रशिक्षण सहीत अन्तरक्रिया

बाजुरा : बडीमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाल निकाय सम्मेलित प्रशिक्षण तथा अन्र्तक्रिया आयोजना गरेको छ । पूर्व शिक्षा मन्त्री गिरीराजमणी पोखरेल सहीतको उपस्थितिमा शैक्षिक गुणस्तर सुधार गर्न प्रशिक्षण तथा अन्र्तक्रिया आयोजना गरिएको हो ।

बडीमालिकाले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिका स्तरीय परीक्षामा धेरै जसो विद्यायल निल हुने अवस्था देखिएको र शैक्षिक गुणस्तर खस्कीदो अवस्थामा रहेकोले त्यसको सुधारका लगि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

नगर भित्रका २५ वटै सामुदायिक विद्यालयका शिक्षक, विव्यस अध्यक्ष र केही अभिभावक सहीतको उपस्थितिमा अन्र्तक्रिया आयोजना गरिएको शिक्षा शाखा प्रमुख रंगमल विकले बताएका छन् । सरोकारवाल पक्षलाई प्रशिक्षण दिने र अन्र्तक्रिया मार्फत आयोजना योजना निर्माण गर्ने उदेश्य राखेर कार्यक्रम आयोजना गरिएको प्रमुख विकले जानकारी दिएका छन् ।

अभिभावकले ध्यान नदिने गरेको, विद्यार्थीको संख्या गाउँका विद्यालयमा निकै कम हुदै गएको, शिक्षकहरुले पठन पाठनमा दिनु पर्ने जति ध्यान नदिएको, अनावश्यक राजनीति गर्ने गरिएको, विद्यालयहरु पारदर्शी समेत हुन नसकेको र शिक्षक आवश्यकता विज्ञापन समेत लुकाएर प्रकाश गरेजस्तो मात्रै गर्ने गरेको शाखा प्रमुख रंगमल विकले सार्जजनिक गरेको प्रतिवेदनमा देखाइएको छ । 

विद्यालय र अभिभावकबाटै हुने गतिविधीले शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव राख्ने भएकोले त्यसमा जिम्मेवारी र सचेत सबैले हुनु पर्ने सुझाव नगर प्रमुख अमर खड्काको छ । बरिष्ठ प्रशिक्षक हिम्मतसिंह लेकालीले प्रशिक्षण दिएको अन्र्तक्रिया कार्यक्रममा पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलेले शैक्षिक नीति, राज्यले गरिएको प्रयास र विदेशी मुलुकका अभ्यास बारे जानकारी गराएका थिए । 

राजनीतिक दलका नेताहरु र पूर्व नगर प्रमुख पदम बडुवाल सहीत शैक्षिक क्षेत्रसँग सरोकारराख्ने सबै पक्षको सहभागि रहेको थियो । शैक्षिक अवस्था सुधार भएमात्रै देशको भविष्य सुधार हुने र स्वयम व्यक्तिको जीवनमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले पहिलो लगानी, अभिभावकको निगरानी र शिक्षकको इमान्दारीता आवश्यक हुने पूर्व नगर प्रमुख पदम बडुवालले जोड दिएका छन् ।

विद्यालय स्तरबाटै धेरै कुराको समस्या उत्पन्न भएको, परिवारबाट अभिभावकले पनि कुनै वास्ता नदिएको र विद्यालय पठाउने मात्रै काम गरेको देखिएको छ । घर पहिलो पाठशाला भएकोले अभिभावक नै जिम्मेवार हुनु पर्ने सुझाव सहभागिको छ । राजनीतिक आस्था र विचार राख्ने छुट भएपनि पढाउन छोडेर, विद्यालयकै शैक्षिक गुणस्तर नै धरापमा पारेर गरिने कार्य गतल भएको पूर्व मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् । 

नगरपालिकाको सभा हलमा आयोजित अन्र्तक्रियामा प्रअहरुले समुदाय र घर परिवारबाट बिशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् । विद्यालयमा पढाउने दरबन्दी कमी, भएका दरबन्दीमा पनि स्वयम सेवक शिक्षकले समयमै सेवा सुविधा समेत नपाउने गरेको गुनासो शिक्षकहरुको छ । 

सहभागि सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरुले सामुदायिक विद्यालयको व्यवस्थापनमा स्वयम पालिकाले सक्रिय रहनु पर्ने सुझाव दिएका छन् । दिवा खाजालाई समेत व्यवस्थीत गर्न, विव्यस गठनमा राजनीतिक प्रचारबाजी रोक्न र विशुद्ध शैक्षिक सुधारमा सबैको जिम्मेवारी बढाउन सुझाव दिएका छन् । 

नगर प्रमुख अमर खड्काले शिक्षा क्षेत्रको सुधार पालिकाको पहिलो काम हुने गरि अगाडि बढीरहेको र सोको निरन्तरता शैक्षिक सत्रकै सुरुवादीमा गरिएको बताएका छन् ।   कार्यक्रमकै अवसरमा पूर्व मन्त्री गिरीराजमणी पोखरेल र पूर्व मन्त्री विना मगरलाई पालिकाका तर्फबाट मालाखाता सहीत मायाको चिनो हस्तान्त्रण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस