शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा ४ महिनाको अवधिमा ३ जनामा डेंगू संक्रमण

सतर्कता अपनाउन अस्पतालको आग्रह

बाजुराः बाजुरामा  ४ महिनाको अवधिमा  ३ जनामा डेंगूको संक्रमण देखिएको छ । जिल्ला अस्पताल बाजुराका मेडिकल ल्याव टेक्नोलोजिष्ट राम बिष्टका अनुसार बैशाख देखी यता ३ जनामा डेंगू संक्रमण देखिएको बताइएको छ ।

सङ्क्रमण पुष्टि भएका एक जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन । यस्तै  एक जना बडीमालिका वडा न. ९ का र एक जना खप्तडबाट आएका उनि अहिले सदरमुकाम मार्तडीमा बस्दै आएको बताइएको छ । उनले चेकजाँच गर्दा बडीमालिका नगरपालिका वडा न. ८ नै भनेका छन् ।  डेंगू संक्रमण पुष्टि भएका दुवै जना सदरमुकाम मार्तडी बस्दै आएका थिए ।उनि मालिका मन्दिरमा बस्ने खप्तड बावा हुन् । 

परिक्षण गर्दा डेंगू सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल बाजुराका मेडिकल ल्याव टेक्नोलोजिष्ट राम बिष्टले बताएका छन् ।  जिल्लामा डेंगू सङ्क्रमण फैलने सदरमुकाम मार्तडी र कोल्टी उच्च जोखिममा रहेको छ । सतर्कता अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ । 


कसरी थाहा पाउने? संक्रमण भएको 

चिकित्सकहरुका अनुसार डेंगूको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन्।यि लक्षणहरु देखा परेमा समयमै चेकजाँचका लागी स्वास्थ्य सस्था जान चिकित्सकको सुझाव छ । 

डेंगूबाट सुदूरपश्चिममा चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमणः

सुदूरपश्चिम प्रदेशमा डेंगूबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो। डेंगूसंक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ। 
 
सुदूरपश्चिम प्रदेशमा हाालसम्म एक हजार ६ सय ९४ जना डेंगूका संक्रमित फेला परेका छन। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याँक अनुसार सन २०१९ देखि हालसम्म १६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा हालसम्म झण्डै १७ सय जनामा डेंगुको संक्रमण फेला परेको हो। सुदूरपश्चिममा सन २०२३ भित्र मात्र तीन सय ३५ जनामा डेंगूको संक्रमण देखिएको छ। 

 

प्रतिक्रिया दिनुहोस