बुधबार, ०२ जेठ २०८१

‘उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अदालतको के काम’? माओवादी सांसद शाही

एमालेले बिना प्रमाण संसद्लाई बन्धक बनाइरहेको आरोप

काठमाडौं; नेकपा ९माओवादी केन्द्र० का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख प्रतिपक्ष नेकपा एमालेले बिना प्रमाण संसद्लाई बन्धक बनाइरहेको आरोप लगाएा छन् । 
 
सञ्चारकर्मी सँग कुराकानी गर्दै शाहीले उनले भने,  ‘कुनै एउटा घटनाका लागि आयोग बनाउनु उचित होइन । एमालेले भने अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, विशेष अदालतको के काम ?  ती सबैलाई विघटन गरी सांसदहरूको आयोग बनाएर छानबिन गरौं न त,।’ 
 
सांसद शाहीले विगतका बनेका कुनै पनि छानबिन आयोगबाट परिणाम ननिस्केको दृष्टान्त पनि दिए ।  उनले एमालेले प्रमाणबिना संसद्लाई बन्धक बनाउनु, सरकारलाई चल्न नदिनु विधेयक पारित गर्न नदिनु गलत भएको दाबी गरेकका छन्।
 
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री र मन्त्रीलाई मात्र होइन राष्ट्रपतिको पनि बयान लिने अधिकार रहेको उनले बताए । 
साथै शाहीले उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा नडराउन र हठ नलिन सरकारलाई सुझाव दिएको बताए । कुनै दलको स्पष्ट बहुमत नभएकाले मन्त्रिपरिषद् पुनर्गठन अझै धेरैचोटि हुने अवस्था रहेको पनि उनले औंल्याएका छन् । 
 

प्रतिक्रिया दिनुहोस