आइतबार, ३० बैशाख २०८१

उमादेबी खनालको तिज गीत मेरीत पियारी सिम्पल बरीलै सार्बजनिक(भिडियो सहित)

बाजुरा :  गायिका उमादेबी खनालको शब्द,संगीत,स्वर र अभिनयमा तिज गीत मेरीत पियारी सिम्पल बरीलै बोलको सार्बजनिक भएको छ ।

उमादेबी खनालको शब्द / संगीत रहेको गीतमा गायक पशुपति शर्मा र उमादेबी खनालको स्वर रहेको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतलाई खडक बाजुरालीले मिक्सिङ्ग एण्ड मास्टरीङ गरेका हुन् ।

स्मृति तिमल्सिना (गुरुआमा)को निर्देशनमा तयार पारिएको भिडिओमा तेजस रेग्मी र बबिता धिमालको दमदार नृत्य देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन रहेको उक्त भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् । उमादेबी खनालकै लय तथा शब्दमा रहेको उक्त गीतलाई उमादेबी खनालकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत सार्वजनीक गरिएको हो ।

यो हो भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=rj9KhV3cOmM

प्रतिक्रिया दिनुहोस