आइतबार १८, साउन २०८२ ०४:२३
धनगढी उपमहानगरपालिकाको अगाडि रहेको वनदेवी मन्दिरमा विधिपूर्वक पूजा गरेर धनगढीको टोली बडीमालिकाको यात्रामा निस्केको छ।चतुर्दशीका दिन हरेक वर्ष बडीमालिका माई मन्दिरमा भव्य धार्मिक मेला लाग्दै आएको छ।
आइतबार १८, साउन २०८२ ०४:२७
तथ्यमा नटेकिएको समाचारमा एकजना पूर्वप्रधानन्यायाधीशको समेत ‘कोट’ लिइएको छ, जसमा पूर्वप्रधानन्यायाधीशबाट ‘यस्तो कानूनले महिला हिंसा बढाउने’ दाबी गरिएको छ । ‘कोट’ दिँदा पूर्वप्रधानन्यायाधीशले प्रस्तावित विधेयकको मस्यौदा नै नहेरी अँध्यारोमा झटारो हानेको देखिन्छ ।
कुनै पनि मिडियाले लेखेको समाचार तथ्यपरक नहुनु सम्बन्धित मिडियाको आन्तरिक त्रुटि हो । तर, उक्त मिडियामा ‘पुरुषले बहुविवाह गर्न पाउने’ आशयको तथ्यहीन समाचार आएपछि त्यसैलाई आधारमा मानेर महिला अधिकारकर्मीहरु माइतीघरमा अनसन बस्नुले परिस्थितिलाई गम्भीर बनाइदिएको छ ।
एकजना अभियन्ता ‘बहुविवाह गर्ने पाउने
आइतबार १८, साउन २०८२ ०७:०८
सोमबार १९, साउन २०८२ ११:१२
उहाँले दिएकाे अनुसार, शिविरमा विशेषज्ञ चिकित्सकको टोली, अक्सिजन सुविधा, तथा हेलिकप्टर स्ट्यान्डबाइ सहितको व्यवस्था गरिएको छ। उच्च भौगोलिक क्षेत्रका कारण बडीमालिकामा लेक लाग्ने, अक्सिजनको कमी जस्ता समस्या देखिने भएकाले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
सोमबार १९, साउन २०८२ ११:२८
यसैबीच, गुल्मद्वारा मेलाको अवसरमा विशेष स्वास्थ्य शिविर पनि सञ्चालन गरिने तयारी गरिएको छ। साउन २१ देखि २४ गतेसम्म त्रिवेणी र बडीमालिका मन्दिर परिसरमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सक, अक्सिजन सेवा, र हेलिकप्टर स्ट्यान्डबाइ राखिने सेनानी तिमिल्सेनाले जानकारी दिए।
बडीमालिका क्षेत्रको उच्च भौगोलिक उचाइका कारण यात्राका क्रममा लेक लाग्ने, अक्सिजनको कमी लगायतका स्वास्थ्य समस्या देखिन सक्ने
सोमबार १९, साउन २०८२ ११:५८
सोमबार १९, साउन २०८२ ०९:३३
धार्मिक यात्राका लागि बडीमालिका नगरपालिकाले ४ नम्बरका वडा अध्यक्ष अर्जुन नाथ नेतृत्वमा टोली पठाएको छ । भने टोलीको औपचारिक बिदाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिलत रावलले सरकारी पूजा टोलीको नेतृत्व गरेका छन् ।अमर खड्का नेतृत्वको टोली बडीमालिका नगरपालिकामा आइसकेपछि मात्रै बडीमालिकामा औपचारिक सरकारी पूजा टोली पठाउन थालिएको हो । त्यस अघि बाजुराबाट आ(आफ्नै तरिकाले धार्मिक यात्रामा सहभागी हुने प्रचलन थियो । र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी सहितको टोली मात्रै पठाउने गरिन्थ्यो ।
मङ्गलबार २०, साउन २०८२ ०८:१३
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार, भण्डारीको इश्वरी बक्स गुल्मद्वारा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार भइरहेको छ। लेकको असरले अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर सुर्खेतबाट उड्न नसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।
बुधबार २१, साउन २०८२ ०५:४२
बिहिबार २२, साउन २०८२ ०३:००
कठिन भौगोलिक क्षेत्र र उच्च हिमाली बाटो पार गरेर पुगिने यस तीर्थस्थलमा यात्राका क्रममा असहज स्थिति आउन सक्ने भएकाले सेनाले उद्धार कार्यका लागि विशेष तयारी मिलाएको हो। इश्वरी गुल्मका प्रमुखका अनुसार, आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपत्कालीन अवस्थाका यात्रुलाई तत्काल उद्दार गर्न हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। यसले संकटको बेलामा जीवनरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
बिहिबार २२, साउन २०८२ ०८:४०
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
शनिबार २४, साउन २०८२ ०८:२९
आइतबार २५, साउन २०८२ १०:५३