बाजुरा: धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल अाज प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी र बडीमालिका नगरपालिकाको तर्फबाट वडाअध्यक्ष अर्जुन नाथको संयोजक्त्वमा टोली प्रस्थान गरेको छ ।
बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको हाे ।
चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ । बाजुरा जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु आजै देखी प्रस्थान गरेका छन ।
बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुर्णिमाको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली आज बिहानै प्रस्थान गरेको छ ।
यस बर्ष साउन २३ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ । यो बर्ष यस अघिका बर्षभन्दा धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने बताएका छन् ।
दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ ।
प्रतिक्रिया दिनुहोस