काठमाडौं :सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ ।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा उक्त बैठक बसिरहेको हो ।बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार संसदका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको हो ।
प्रतिक्रिया दिनुहोस