कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।
आइतबार ११, साउन २०८२ १२:४८
उच्च शिक्षा पढ्ने सपना बोकेर काठमाडौं पुगेका विद्यार्थीलाई समस्यामा साथ दिन र सहकार्य सहितको सहजिकरणका लागि पनि सम्पर्क कमिटीले काम गर्दै आएको छ । कोठा भाडामा खोजिदिने, क्याम्पस बारे जानकारी दिने र अब के पढ्दा राम्रो सहजिकरण गर्ने र केही सहुलियत सहीतको सुविधाका लागि पनि सहजिकरण गर्ने गरिएको छ ।
आइतबार ११, साउन २०८२ ०३:१२
सोमबार १२, साउन २०८२ ०६:१९
सोमबार १२, साउन २०८२ ०९:३३
मङ्गलबार १३, साउन २०८२ ०५:५५
पार्टी केन्द्रीय कमिटीको बैठक पछि सबै जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन पढेर सुनाउने र छलफल गरिने बताइएको छ । पार्टी केन्द्रले ३० पृष्ठ लामो अपमानी जारी गरेको छ । भदौ २२ र २३ गते हुने दोस्रो केन्द्रीय विधान महाधिवेशनमा प्रस्ताव गरिने विषय बारे पनि छलफल गरिने पार्टी सचिव काशी विकले जानकारी दिएका छन् ।
मङ्गलबार १३, साउन २०८२ ०८:०९
बाढी पहिरोको जोखिम बढिरहेको बेला विपद पूर्व तयारी र सचेतना दिन पत्रकारको भूमिका मुलधारमा देखिनु पर्ने सुझाव दिएका पाध्यायले विकास, सुशासन, सुरक्षा र प्रकोपमा घटनामा प्रहरी प्रशासनसँगै सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । चारवटै सुरक्षा निकायका प्रमुखलाई साथमा राखेर अधिकारी पाध्यायले पत्रकारसँग छलफल गरेका हुन् ।
मङ्गलबार १३, साउन २०८२ ०८:१२
यात्राकै क्रममा पनि धेरैलाई हिँड्न अफ्ठ्यारै भएर बीचबाटोबाटै फर्किनु पर्ने बाध्यता भइरहन्छ । यी समस्यालाई संशोधन गर्न यो वर्ष राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम् सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट सहजताका लागि ३० जना बढी स्वयम् सेवक परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् ।
बुधबार १४, साउन २०८२ ०५:३५
मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।
बुधबार १४, साउन २०८२ ०६:१७
अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले अब उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाउने तयारी गरेका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका छन् ।
बुधबार १४, साउन २०८२ ०७:४९
नगर कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुले सदरमुकाम मार्तडीमा बर्षादको पानीले बढेको हिजो र फोहरलाई उठाएर सरसफाई गरेको हो । बडीमालिका र बुढीनन्दा धार्मीक यात्राका लागि सबैजसो मार्तडी भएर नै जाने गरेका छन् । बडीमालिका जान त्रिवेणीको छतारा, कैलामाडौं, बडीमालिकाको मना, कोर्ध, बुढीनन्दाको पोरखे र जगन्नाथको लेकबाट पनि बाटो छ । केहीले त्योबाटो भएर पनि बडीमालिका जाने गरेका छन् ।
बिहिबार १५, साउन २०८२ ०१:५३
काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । मत परिणाम भने घोषणा हुन बाँकी छ । नेकपा एमाले र नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पहिले नै ह्वीप जारी गरेका थिए ।
बिहिबार १५, साउन २०८२ ०७:५२
राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ बिशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरुले सत्यको पक्षमा उभिएर पार्टी नेतृत्व माथिको घेराबन्दी तोड्नु पर्ने धारणा राखेका हुन् । केपी ओली नेतृत्वको सरकार र पार्टी नै देशका लागि आवश्यक रहेको कुरा कामबाटै स्थापित हुन थालेपछि विरोधीहरु सल्बलाएको थापाको दाबी छ ।
बिहिबार १५, साउन २०८२ ०७:५६
नेकपा एमाले केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, सहदेव बोगटी, प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, सचिवालय सदस्य अमर खड्का पार्टी जिल्ला कमिटीका सदस्य, युाव संघका केन्द्रीय सदस्य डेनिश शाही सहीतको उपस्थितिमा खिर पार्टी आयोजना गरेको हो ।
बिहिबार १५, साउन २०८२ ०७:५९
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।
शुक्रबार १६, साउन २०८२ ०८:०४
शुक्रबार १६, साउन २०८२ ०२:५२
दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ । ‘विवाह गर्ने हक स्वतन्त्र हो नि । कसैको मन पहिलो पत्नीसँग मिलेको रहेनछ भने उसले अर्की महिलासँग सम्बन्ध राख्छ र बच्चा पनि जन्मिन्छ भने त्यो सम्बन्धलाई विवाहमा परिणत नगर्दा दोस्रो महिलाको जीवन बर्बाद भयो, धेरै महिला सडकमै आइपुगे,’ कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना भन्छन्, ‘त्यसलाई रोक्न हामीले सर्तसहितको दोस्रो विवाहलाई कानुनी मान्यता दिने व्यवस्था गर्न लागेका हौं ।’
शुक्रबार १६, साउन २०८२ ०७:४८
एमाले जिल्ला कमिटी ८९ सदस्यीय छ । त्यसमा नौ वटै पालिकाका अध्यक्ष पदेन सदस्यको रुपमा जिल्ला कमिटी बैठकमा बस्ने गरेका छन् । नौ पालिका कमिटी अध्यक्ष मध्ये त्रिवेणी नगर कमिटी र बुढीनन्दा नगर कमिटी बाहेकका सात वटै पालिका अध्यक्ष बैठकमा सहभागि थिए । यस्तै ८९ सदस्यीय जिल्ला कमिटी मध्ये ४७ जना सहभागि थिए ।
शुक्रबार १६, साउन २०८२ ०७:५५
अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।
शनिबार १७, साउन २०८२ १०:०३
एमाले बाजुराको सातौ पूर्ण बैठकले लेखा समिति अध्यक्ष बृजनबहादुर शाहीले प्रस्तुत गर्नु भएको लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयोगबाट अन्तिम लेखा परिक्षण गराउने गरि पारित गरेको छ । भने स्थानीय विभाग, सहकारी तथा गरिबी निवारण विभाग, कृषि तथा पशुपंक्षि विभाग, वन तथा वातावरण विभाग र युवा तथा खेलकुद विभागमा सदस्य मनोनित सहीत पूर्णता दिने गरि निर्णय गरेको छ ।
शनिबार १७, साउन २०८२ ०८:०६