शनिबार, २९ बैशाख २०८१

सुदूरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगितामा बाजुरा प्रथम

बाजुरा : धनगढीमा सञ्चालित सुदुरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । 

बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल नेतृत्वको टोलीले प्रदेश स्तरीय प्रतियोगिता जितेको दोस्रो पटक हो । यस अघि पनि प्रदेश स्तरीय देउडा प्रतियोगितामा पनि प्रथम भएको थियो ।

भदौ १४ गते बाट धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक डेउडा प्रतियोगिता सम्पन्न गरेको सुदूरपश्चिम डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन् ।

सहभागी सम्पूर्ण टिमलाई पनि प्रमाण पत्र प्रदान गरिएका हुन् यस्तै विभिन्न समयमा डेउडा प्रतिष्ठान र समग्र डेउडा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पनि सम्मान, प्रसंसा, अभिनन्दन प्रमाणपत्र प्रदान गरिएका डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम चन्दले बताएका छन् ।

सुदुरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगिता समापन समारोहको अध्यक्षता डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले र प्रमुख आतिथ्यतामा सुदुर पश्चिम सरकारका निवर्तमान भौतिक पुर्वाधार मन्त्री दीर्घ सोराडी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस