आइतबार, १६ बैशाख २०८१

बाजुराको नुनेपानीमा रहेको उमेश कार्कीको पसलमा आगलागी

बाजुरा : बडीमालिका नगरपालिका ६ नुनेपानी स्थित उमेश कार्कीको पसलमा आगलागी भएको छ । गएराती बिद्युतको तार सट भएर आगलागी भएको हो । आगलागीबाट पसल पुरै जलेर खरानी भएको छ । 

पसल भित्रका सरसामान सहीत, बाहिर टिनको सिंगो घर समेत जलेर नष्ट भएको प्रहरीले बताएको छ । कार्कीले लामो समयदेखि नुनेपानीमा टिनको टहरा बनाएर पसल गद्र्यै आएका थिए । व्यवसायीक रुपमा राम्रो सफलता हात पारेका कार्कीले सरसमान देखि अन्य लाखौं मूल्यको क्षति भएको बताएका छन् । 

केही नगद रुपैया, जिन्सी समान, लत्ता कपडा, २ वटा बाइक समेत जलेर नष्ट भएको छ । राती भएको आगलागीबाट सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरीले ठूलो धनमालको क्षति भएको अनुमान सहीत पसल मालिकसँग थप जानकारी लिइरहेको बताएको छ । 

मानवीय क्षति नभएपनि विद्युतको तार सट भएर टिन समेत जलेर खरानी भएका छन् । भने पसल नजिकै रहेका २ वटा मोटर साइलपनि पूर्ण रुपमा क्षति भएका छन् । रातीनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर आगो नियन्त्रण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस