शनिबार, १५ बैशाख २०८१

पद जोगाउन मन्त्रालय फुटाइदै, मन्त्री थप्दै मुख्यमन्त्री शाह

बाजुरा : सुदूरपश्चिममा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता टिकाउने रणनीति बनाएका छन् । ७ सासंद रहेका नागरिक उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा मुख्यमन्त्री शाह छन् । 

स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुगाउने दाउमा रहेका शाहले भ्याएसम्म राप्रपाकी सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए उनको समर्थन लिएर सत्ता टिकाउने रणनीति बनाएका हुन् । 

केन्द्रमा काग्रेंस नेतृत्वको गठबन्धन भत्किएर माओवादी, एमाले र रास्वपासहितको सरकार बनेसंगै शाहले माओवादीका ३ र एकिकृत समाजवादीका १ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

उनीहरुको बर्खास्ती संगै शाहले नागरिक उन्मुक्तीका नयाँ एक राज्यमन्त्री सहित ३ मन्त्री थपे । सरकारमा जाने र प्रतिपक्षमा बस्ने बिषयकै कारण उन्मुक्तीमा देखिएको बिवादपनि मन्त्री पद दिएपछि साम्य हुने देखियो । सोही कारण मन्त्री थपेका मुख्यमन्त्री शाह फेरी नागरिक उन्मुक्ती र स्वतन्त्र सांसदलाई मन्त्रीमा नियुक्त गर्ने दाउमा छन् ।

फागुन २४ गते नागरिक उन्मुक्तीका तर्फबाट घनश्याम चौधरी आर्थिक मामिला, इन्दिरा गिरि कृषि राज्यमन्त्री र खुशिराम चौधरी बिना विभागीय मन्त्री नियुक्त भएका थिए । रामेश्वर चौधरी यस अघीनै मन्त्री थिए । आज शाहले उन्मुक्तीकै लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा नियुक्ती गरेका छन् । चौधरीले सपथ समेत खाइसकेका छन् । 

स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बनाउने तयारी गरेका शाहले मनाउन सकेका छैनन् । जोशीले आफूलाई मन्त्रीको लोभ नभएको र फोहोरी खेलमा सामेल भइहाल्ने अवस्था नरहेको बताएका छन । 

यता प्रदेशमा दुई मन्त्रालय फुटाएर भएपनि सरकार टिकाउने तयारीमा मुख्यमन्त्री शाह छन् । राप्रपाकी खेमा बिष्टलाई समेत शाहले मन्त्रीको अफर गरेका छन् । उनी सहित ल्याउँदा शाहले बहुमत प्राप्त हुने विश्वास शाहलाई छ । 

पदका जोगाउनका लागि मुख्य मन्त्री शाहले मन्त्रालय फुटाउने र मन्त्री थप्ने कुराको कुनै कसुर बाँकी राखेका छैनन् । प्रदेश सरकारमा कैलालीले मात्रै ६ वटा मन्त्रालय पाएको छ । भने ७ जना सांसद भएको नागरिक उन्मुक्ती पाटीका ५ वटा मन्त्री भएका छन् । 

माओवादी, एमाले र समाजवादीले सरकारको समर्थन फिर्ता लिइसकेका छन् । नागरिक उन्मुक्ती पार्टीले मात्रै साथ दिएपनि शाहको पद जोगिने छैन् । त्यसमा स्वतन्त्र सांसद र राप्रपाका सांसदले समर्थन गर्नु पर्ने हुन्छ । समर्थन जुटाउन मुख्यमन्त्री शाहले सबैप्रकारको प्रयास थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस