आइतबार, १६ बैशाख २०८१

अछाममा बाबुले गरे १२ वर्षीया छोरीमाथि बलात्कार

बाजुरा : अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । हिजो मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ बर्सिया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

नावालिक छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन् ।

शनिवार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो ।

शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिएका छन् । बलात्कृत नावालिकको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस