आइतबार, १६ बैशाख २०८१

सरकारसँग हिंसा न्युनिकरणको माग गर्दै अनेमसंघ बाजुराले बुझायो ज्ञापनपत्र

बाजुरा : हिंसा न्युनिकरणको माग गर्दै अनेमसंघ बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाएको छ । आइतबार अनेमसंघ बाजुराले हिंसा न्युनिकरणमा राज्यको उपस्थिती नै कमजोर भएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार,बेचबिखन ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा आदिबाट पिडित र कतिपय सन्दर्भमा समाजका संवेदनहिन क्रियाकलापबाट महिला बालिकाहरुले बाँच्न पाउने अधिकारबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरिएको छ ।

प्रभावकारी सुचना संयन्त्र निर्माण,अनुसन्धान र सजायजस्ता पक्षहरु प्रभावकारी बनाएर महिलाहरुलाई सुरक्षित महसुश गराउनु राज्यको दायित्व हो । गृह प्रशासन समाजमा शान्ती सुरक्षा कायम गर्ने मुख्य निकाय भएकाले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई महिला हिंसाका घटना न्युनिकरण गर्न प्रभावकारी कदम चाल्नुका साथै घटना नै नघट्ने वातावरण सृजना गर्न माग गरिएको छ ।

साथै घटना घटेको खण्डमा छिटो र प्रभावकारी न्यायका लागि आवश्यक कदम चाली अपराधीलाइृ उचित दण्ड, पिडितलाइृ न्याय र उचित क्षतिपुर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउने व्यवस्था गर्न जोडदार माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको अनेमसंघ बाजुराका अध्यक्ष कोपिला सिंहले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस