बुधबार, ०१ असोज २०८२

नेकपा (एमाले) गौमुल गाउँ कमिटीको सातौँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

बैठकले हालै विपद्का कारण निधन भएका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष धनबहादुर बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि पारित गरेको गाउकमिटी अध्यक्ष महोन रोकायाले बताएका छन । बैठकसँगै गाउँ कमिटीले लघु प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो।
प्रशिक्षण कार्यक्रममा नेताहरुले फरक फरक बिषयमा प्रशिक्षण गर्नु भएको नेकपा एमाले गाैमुल गाउँ कमिटीले जनाएकाे छ ।

मङ्गलबार २७, साउन २०८२ १२:४५

जनैपूर्णिमामा ४५ हजार बढी श्रद्धालु भक्तजन पुगे बडीमालिका दर्शन गर्न

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले आफू पनि सो अवधिभर बडीमालिकामा रहेको भन्दै यस बर्ष करिब ४५ देखि ५० हजारको हाराहारीमा दर्शनार्थीहरु पुगेको अनुमान गरिएको बताए । उनले साउन १४ गते देखि २३ गते मूल पूजा तथा मेलासम्म सो संख्यामा भक्तजनहरुले बडीमालिकाको दर्शन गरेको बताए । त्यस्तै थापाले मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको बताए । उनले ९ दिनसम्म ९ वटा ब्राहमण बसेर दैनिक ३ आवृत्ति पढ्ने तथा पूजाआजा गरेर शुद्धाशुद्धीका लागि नवाह सुरु भएको बताएका छन् ।

मङ्गलबार २७, साउन २०८२ १२:५८

स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौधरीकाे हाजिर

त्यस्तै यसअघि २०८१ चैत्र १ गते पालिकाको निर्णय बमोजिम मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका शाहीलाई आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिइएको थियो । शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै अाएका थिए ।

मङ्गलबार २७, साउन २०८२ ०१:०७

हिमाली गाउँपालिका–१ विच्छ्यामा बाढी, ११ घर बगाए

गाउँपालिका अध्यक्षको अनुगमन क्षति विवरण बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको सहायक प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए। अध्यक्ष मल्लका अनुसार मानवीय क्षति नभए पनि भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। उनीहरूले प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको निर्णय गर्न कार्यपालिका बैठक बस्ने जनाएका छन्। साथै, आगामी दिनमा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरिएको छ।

बिहिबार २९, साउन २०८२ ०५:०४

युवालाई धार्मिक बनाउन क्रान्तिकारी भजन ( भिडियो सहित)

सो गीतमा भिडियोग्राफी निक्कै राम्रो छ भने अभिनय पनि गीत अनुसार निक्कै सुहाउदो देखिएको छ । सो गीत चपली हाइट, बुढानिलकण्ठ र रुद्रेश्वर महादेव लगायतका स्थानमा सुटिङ गरिएको छ ।

शुक्रबार ३०, साउन २०८२ ११:१८

मनहरपुर–सिमरारी सडकको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

जनकपुरधाम उपमहानगरपालिका –१७ ज्ञानचोक मनहरपुरमा आज आयोजना गरिएको एक कार्यक्रममा उक्त सडकको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको चौडाई ग्रामीण बस्ती एरियामा ८ मिटर र बस्ती बाहिर १२ मिटर रहने प्रादेशिक आयोजना व्यवस्थापन इकाइका ईन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिनुभयो ।

शुक्रबार ३०, साउन २०८२ ०८:२१

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

शनिबार ३१, साउन २०८२ ११:०४

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी

मङ्गलबार ०३, भदौ २०८२ ०२:०४

जहिल्यै बाजुरालाई बजेटमा विभेद, सुदूरपश्चिम प्रदेश सरकारसँग बाजुरा एमाले आक्रोशीत

बाजुराबाट प्रदेश सभा दुई जना काँग्रेस र एक जना नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व छ । २०७९ को चुनाव पछि पहिलो आर्थिक वर्षको बजेट बाजुराकै नरेश बहादुर शाही आर्थिक मामिला मन्त्री थिए । उनले बजेटको संख्यामा केही मात्रा बढाएको देखिन्छ । तर यो र अघिल्लो आर्थिक वर्षमा बाजुरालाई अन्याय नै गरेको नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले गुनासो गरे । बजेट पारित भई यतिबेला कार्यान्वयनको चरणमा छ । तर बाजुरा एमालेले प्रदेश सरकार र सरकारका मन्त्रीको मनोमानी र विभेदकारी नीतिलाई तत्काल सुधार गरिनु पर्ने अडानमा छ । बाजुरा विकट जिल्ला हो । मानव सुचांकमा पनि सबैभन्दा पछाडि छ ।

बिहिबार ०५, भदौ २०८२ १०:०६