बुधबार, ०१ असोज २०८२

बाजुराका सिडियाे पाध्याकाे गृह मन्त्रालयमा सरुवा

बाजुरा:  बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे सरुवा भएका छन्  । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत रहेका गणेश प्रशाद पाैडेल आउने भएका छन् ।

गृह मन्त्रालयले  पाैडेललाई बाजुरा पठाएकाे छ । प्रजिअ पाध्या २०८१ असाेज १३ मा हाजिर भएका थिए । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकाे सार्वजनिक गरिएकाे हाे  ।

प्रतिक्रिया दिनुहोस