बाजुरा– नेकपा (एमाले) गौमुल गाउँ कमिटीले विभिन्न महत्वपूर्ण निर्णय गर्दै सातौँ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र घट्मुनामा आइतबार सम्पन्न बैठकमा विपद् व्यवस्थापन,‘मिशन ८४’ सफल, तल्लो तहका कमिटीमा पार्टिको अपानि जानकारी , आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण अनुमोदन लगायतका विषयहरूमा छलफल गरी निर्णय गरेको हो।
बैठकले हालै विपद्का कारण निधन भएका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष धनबहादुर बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि पारित गरेको गाउकमिटी अध्यक्ष महोन रोकायाले बताएका छन । बैठकसँगै गाउँ कमिटीले लघु प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो।
प्रशिक्षण कार्यक्रममा नेताहरुले फरक फरक बिषयमा प्रशिक्षण गर्नु भएको नेकपा एमाले गाैमुल गाउँ कमिटीले जनाएकाे छ ।
जस अनुसार जिल्ला कमिटी सचिवालय सदस्य तुलसिराम रोकायाले ‘पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध’ विषयमा सुसूचित तथा प्रशिक्षण गरेका थिए, त्यस्तै पार्टी जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकायाले ‘सरोकारवालाका सवाल,पहिचान र समाधानको विषय, अध्यक्ष लालबहादुर ओलीले ‘बैठक सञ्चालनका सिद्धान्त र अभ्यास, केन्द्रीय सदस्य सहदेब बोगटीले ‘पार्टी केन्द्रको सर्कुलर’ सम्बन्धमा र केन्द्रीय सदस्य लालबहादुर थापाले ‘पार्टीको अपानी र विधान संशोधनका बारेमा जानकारी तथा प्रशिक्षण गरेकाे गाउँकमिटीले जनाएकाे छ ।
गाउँ कमिटी अध्यक्ष महोन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य बाजुरा जिल्ला ईञ्चार्ज लाल बहादुर थापा रहेका थिए।
बिशिस्ट अतिथीमा पार्टी केन्द्रीय सदस्य सहदेब बोगटी रहेका थिए भने अतिथिमामा प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओली , उपसचिव हरिबहादुर रोकाया सचिवालय सदस्य तुलसीराम रोकाया,सीता थापा, जिल्ला कमिटी सदस्यहरू गोरख बोहरा,देबेन्द्र, रोकाया देब बहादुर रोकाया, अमर विक, गिता रोकाया, रहेका थिए । कार्यक्रममा गौमुल स्थित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटीका पदाधिकारी, वडा कमिटीका पदाधिकारी लगायत अगुवा नेता तथा कार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो। बैठक तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव धनबहादुर बोहराले गरेका थिए।
प्रतिक्रिया दिनुहोस