बुधबार, ०१ असोज २०८२

स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौधरीकाे हाजिर

बाजुरा– जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौधरी हाजिर हुनु भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौधरीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएका छन् । मन्त्रालयले सरुवा गरेर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रुपमा  शाखा अधिकृत चौधरी मंगलवार गाउँपालिकामा हाजिर हुनु भएकाे छ। लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुदैँ आएको पालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्  ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले पालिकाले प्रमुख प्रशासकिय अधिकृतको पाएसँगै विकास निर्माण तथा आर्थिक र प्रशासनिक कार्यमा तीव्रता तथा थप सुधार हुने बताए।
त्यस्तै यसअघि २०८१ चैत्र १ गते पालिकाको निर्णय बमोजिम मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका शाहीलाई आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिइएको थियो । शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै अाएका थिए ।

प्रतिक्रिया दिनुहोस