शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा डेंगु, स्कटाइपस, आँखा पाक्ने र मलेरिया रोगको संक्रमण, विरामी बढे

मार्तडी र कोल्टीमा बिशेष सर्तकता अपनाउनु पर्ने चिकित्सको सुझाव

बाजुरा :  वर्षायाम सुरु भएसंगै जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढ्न थालेको छ । मौसम परिवर्तनसँगै अस्पतालमा विभिन्न रोगका विरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । 

उपचारका लाथि कस्टाइपस, मलेरिया र डेङ्गु झाडापखाला, आँखा पाक्ने लगायतका विरामी उपचारमा आउने गरेका छन् । एक महिनाको अवधीमा अस्पतालमा ९ जना स्कटाइपसका विरामी उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी नृपराज गिरी जानकारी दिएका छन् ।

 साउनको महिनामा मात्रै अस्पतालमा ९ जना स्कटाइपस, १ जना मलेरिया र २ जना डेङ्गु संक्रमित र आँखा पाक्ने रोगका विरामी  विरामी उपचार गर्न आउने गरेका छन् । बाजुरामा डेंगुको उच्च संक्रमण बढेको छ । बुढीगंगा नगरपालिकामा मात्रै १० जना डेंगुका विरामी देखा परेका छन् ।

स्कटाइपस रोग जुम्राजस्तै एक प्रजातीले टोकेपछि उक्त रोग लाग्ने गर्छ । स्कटाइपस रोग एक सरुवा रोग हो । स्कटाइपस भएका विरामीलाई ज्वरो आउने,ढाड दुख्ने खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका लक्षण देखिने डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

यस्तै मलेरिया र डेङ्गु लामखुट्टेको टोइकाबाट सर्ने गर्दछ । गर्मीयामका घर आगन अगाडी फोहर हुने र खालड पारएको ठाउँमा पानी जमेको ठाउँमा लामखुट्टे हुने र त्यही लामखुट्टेले टोकेपछि स्कटाइपस, मलेरिया र डेङ्गु  रोग लाग्ने गरेकोले बिशेष गरि सरसफाइमा ध्यान दिन  जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर जोशीले बताएका छन् । 

बजार क्षेत्र र फोहर बढी हुने क्षेत्रमा डेंगु सङ्क्रमण फैलिने गरेको छ । यस्का लागि मार्तडी, कोल्टी र बाम्का बजार क्षेत्रमा उच्च जोखिम रहेको छ । सदरमुकाम मार्तडी र कोल्टीमा भने बिशेष सर्तकता अपनाउनु पर्ने आवश्यक रहेको चिकित्सको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस