सोमबार, ०७ जेठ २०८१

बाजुराको रनिङ शिल्डमा तोडियो बडीमालिकाको १३ वर्षे रेकर्ड, बुढीनन्दाले लगायो ब्रेक

तेस्रो स्थान सहीत अनुशासन विधामा खप्तड छेडेदहलाई उपाधी

बाजुरा : बाजुरा जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्डको १३ वर्षे इतिहासमा बुढीनन्दा नगरपालिकाले ब्रेक लगाएको छ । १४ औं राष्ट्रपति रनिङ शिल्डमा बडीमालिकालाई पछि पार्दै उपाधी उचालेपछि १३ वर्षदेखिको जितको रेकर्डमा ब्रेक लगाएको हो । 

यस अघिका सबै राष्ट्रपति रनिङ शिल्डका उपाधी तत्कालिन विद्यालय स्तरीय आयोजनामा मालिका नमुना मावि र पालिका स्तरीयमा बडीमालिका नगरपालिकाको कब्जा रहने गरेको थियो । घरेलु मैदानमा बुढीनन्दाका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै बडीमालिकालाई दोस्रो स्थानमा पछार्न सफल भएका हुन् ।

पहिलो हुने बुढीनन्दा नगरपालिकाले १८ स्वर्ण, २१ रजत र २ काश्य सहीत ४१ पदक हात पारेको छ । दोस्रो हुने बडीमालिका नगरपालिकाले समान १८ स्वर्ण, १४ रजत र ६ काश्य सहीत ३८ पदक हात पारेको हो ।

May be an image of 8 peopleयसैगरी तृतीय स्थान ल्याउने खप्तड छेडेदहले ८ स्वर्ण, १४ रजत, ४ काश्य सहीत २६ पदक हात पारेको छ । खप्तड छेडेदहले तृतीय स्थान सहीत अनुशासन विधामा पनि पुरस्कार हात पारेको छ । सहभागि नौ पालिका मध्ये अनुशासनमा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको खेलकुद समिति अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् । 

खेल क्षेत्रमा राम्रो लगानी र वर्षभरिकै तयारीमा रहने बडीमालिका बिशेष गरि मालिका नमुना मावि, क्रियटर जोन ऐकेडेमी, बडीमालिका बोडीग स्कुल र कन्र्भस ऐकेडेमीका खेलाडीले भरिएको बडीमालिका बुढीनन्दाका खेलाडी सामुभने घुँडा टेक्न बाध्य भएका छन् । इनडोरका खेलमा भएको चलखेल र त्रासपूर्ण वातावरणमा खेलाडीलाई उच्चमनोबलका साथ खेलाउने नसकेकै कारण सीमिति अंकले मात्रै पछि पर्नु परेको तर्फ बडीमालिकाको छ ।  

एकछत्र उपाधीमा राज गर्दै आएको बडीमालिकाको इतिहास नै तोडिएपछि ठूलो झड्का लागेको छ । बडीमालिकालाई लागेको ब्रेक र बुढीनन्दाको सफलतालाई पालिका स्तरीय स्वस्थ प्रतिस्प्रर्धाको संज्ञा पनि खेलप्रेमीहरुले दिने गरेका छन् । कतिपयले मार्शलआर्ट तर्फका खेल र घरेलु मैदानको फाइदा लिएको प्रतिक्रिया दिएका छन् । 

कुण्डा क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड पहिलो पटक आयोजना गरिएको हो । मार्तडी बाहेक २ पटक खप्तड छेडेदह गाउँपालिकाको ७ नम्बर वडाको दशरथ माविमा भएको थियो । त्यहाँ पनि बडीमालिकाले नै उपाधी हात पारेको इतिहास छ । 

शिल्डमा सहभागि बुढीगंगा नगरपालिकाले ७ स्वर्ण, १ रजत र ३ काश्य सहीत ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक, त्रिवेणीले २ स्वर्ण, ८ रजत र ६ काश्य सहीत १६ पदक हात पारेका छन् । 

गौमुल गाउँपालिकाले ४ स्वर्ण, ३ रजत गरि ७ पदक, जगन्नाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ काश्य गरि ८ पदक र हिमाली गाउँपालिकाले १ काश्य मात्रै हात पारेको छ । सहभागि नौ पालिका मध्ये हिमाली गाउँपालिकाले स्वर्ण र रजत दुबै पदक विहीन बनेको छ । राम्रो तयारी र ठूलो मात्रामा लगानी गरेको त्रिवेणी नगरपालिकाले पनि राम्रो नजिता ल्याउन सकेन । 

गौमुल गाउँपालिकाको खेलाडी व्यवस्थापन र सबै प्रकारको तयारी राम्रो देखिएपनि इनडोरको खेलमा अंक नल्याउदा राम्रो नजिता ल्याउनबाट चुक्यो । भने खप्तड छेडेदह गाउँपालिकाले पनि ३६ विधाका इनडोरका खेलमा अंक विहिन हुनु पर्दा बाह्य खेलमा राम्रो प्रर्दशन गरेर पनि तेस्रो स्थानमा चित्त बुझाउनु पर्ने अवस्था आयो । समग्रमा यो पटकको शिल्डको उपाधी बुढीनन्दाले जितेपनि खेलाडीले दर्शकको मन खप्तड छेडेदहले जितेको प्रतिक्रिया सामाजिक सञ्जालमा समेत लेखिएको छ । 

माघ १५ देखि २० गते सम्म शिल्ड सञ्चमालन गरिएको थियो । भने नौ पालिकाका ४ विधाका ६५ वटा खेलमा १ हजार २९ जना खेलाडी सहभागि थिए । खेलको उद्घाट प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले गरेका थिए । खेलमा पानीले केही प्रभावीत पारेपनि सभ्य र भव्य रुपमा सम्पन्न भएको खेलकुद समिति अध्यक्ष राकेश थापाले जानकारी दिएका थिए । 

जितको शिल्ड बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले ग्रहण गरेका हुन् । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्त्रण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीय सहीत अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड बुढीगंगा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ ।

May be an image of 9 peopleनगर उपप्रमुख माया कुँवरलाई बुढीनन्दा नगरपालिकाले ओलम्पीक झण्डा हस्तान्त्रण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यस अघि खप्तड छेडेदह गाउँपालिकाले पनि बुढीनन्दा नगरपालिकालाई झण्डा हस्तान्त्रण गरेको थियो । कोल्टी बजारमा मात्रै यो पटक १ करोड बराबरको आर्थिक कारोबारको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस