आइतबार, २३ कार्तिक २०८२

बाजुरामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, ७ जनाको हेलिकप्टर मार्फत उद्दार

जीपमा सवार २६ जना मध्ये तीनको मृत्यु, १६ घाईते भएका हुन् । दुर्घटमा परि मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकाया र अन्दाजी ३५ बर्षकी जुनेली रोकाया छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा, सुरेन्द्र शाही, दशरथ बुढा, अष्कली बुढा र रनसुर सुनारलाई हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

बिहिबार ०८, साउन २०८२ ०८:२८

पत्रकारसँग बाजुराका सिडिओ पाध्यायको आग्रह : विकास, सुशासन, सुरक्षा र प्रकोपमा सहकार्य गरौं

बाढी पहिरोको जोखिम बढिरहेको बेला विपद पूर्व तयारी र सचेतना दिन पत्रकारको भूमिका मुलधारमा देखिनु पर्ने सुझाव दिएका पाध्यायले विकास, सुशासन, सुरक्षा र प्रकोपमा घटनामा प्रहरी प्रशासनसँगै सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । चारवटै सुरक्षा निकायका प्रमुखलाई साथमा राखेर अधिकारी पाध्यायले पत्रकारसँग छलफल गरेका हुन् ।

मङ्गलबार १३, साउन २०८२ ०८:१२

बुढीनन्दामा भीरबाट लडेर एकको मृत्यु

मंगलबार दिउँसो घाँस काट्न लेकमा गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा सोही ठाउँको माङ्लेगौडा भीरबाट अन्दाजी एक सय मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।

बुधबार १४, साउन २०८२ ०५:३६

मृगौला पीडित परियार बचाउ अभियान : तपाईंको सानो सहयोगले बच्न सक्छ एक जीवन

अछामको रामारोसन गाउँपालिका–४ बाटुलासैन स्थायी घर भई हाल कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीमा बस्दै आएका पदम परियार यतिबेला विरामी शैयामा छन् । उपचारका लागि आर्थिक संकट परेपछि जीवन अहिले कठिन मोडमा पुगेका छन् ।

बुधबार १४, साउन २०८२ ०५:४०

साउन १५ बिशेष राष्ट्रिय युवा संघ बाजुराको खिर पार्टी

नेकपा एमाले केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, सहदेव बोगटी, प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, सचिवालय सदस्य अमर खड्का पार्टी जिल्ला कमिटीका सदस्य, युाव संघका केन्द्रीय सदस्य डेनिश शाही सहीतको उपस्थितिमा खिर पार्टी आयोजना गरेको हो ।

बिहिबार १५, साउन २०८२ ०७:५९

उद्यममा युवा : सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

आम्दानी कम होला, लगानी सानो होला, तर केही युवाले स्वदेशमै केही गर्नु पर्छ, आफ्नै गाउँ समाजमा केही गरेर देखाउनु पर्छ, भन्ने मान्यता राख्ने गरेको छ । केहीले इच्छाशक्ति राखेरै काम अघि बढाएका छन् । भने कोही कतै त्यसको सुरुवादीमा छन् । उनीहरुले जीवीको पार्जन पहिलो जिम्मेवारी ठानेका छन् ।

शनिबार १७, साउन २०८२ ०१:५७

रेखा कटेलको समर्पण : पाँच सुत्केरीलाई बाटोमै जीवनदान

कटेल साप्पाटाकी स्थानीय हुन् । बाजुराको स्वामिकात्र्तिक खापर गाउँपालिका १ बर्कु उनको घर हो । स्वास्थ्य चौकी पुग्न धेरै गाउँ टाढा छन् । कुनै टोलबाट दुई घण्टा बढीको पैदल यात्रा गर्नु पर्छ । गाउँमा पुगेको सडक हिँउदका केही महिना मात्रै चल्छ । सडक चलिरहेको बेलापनि सबैले सहज जीप र सवारी साधन पाउन सक्दैनन् । पैदल यात्रा बाहेक अर्को विकल्प स्थानीयका लागि छैन् ।

शनिबार १७, साउन २०८२ ०८:०२

कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात

बाजुराबाट मात्रै गएको वर्ष ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्रले बताएको छ । कोदो पहाडी क्षेत्रका गाउँहरुमा जताततै उत्पादन हुने खाद्यन्न बाली हो । प्राय नेपालका पहाडी भूगोलमा पर्ने सबैजसो गाउँमा कोदो उत्पादन हुन्छ । त्यसैमा सुदूरका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्ला प्रमुख उत्पादन केन्द्र नै हुन् ।

शनिबार १७, साउन २०८२ ०८:२६

खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाको एम्बुलेन्स उपहार

महानगरपालिकाको आवश्यकता सहीतको निवेदनका आधारमा सहयोग गर्ने गरेको छ । यो वर्ष वितरण गरिएका ३५ मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहीत बझाग र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । एम्बुलेन्स राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको थियो ।

शुक्रबार १०, असोज २०८२ ०९:३९

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् ।

सोमबार २०, असोज २०८२ ०२:४८

अछाम-धनगढी जाँदै गरेको इभी दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

०१००१ ख ३९५६ नम्बरको सो इभी सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

शनिबार २५, असोज २०८२ ०८:२४

बाजुराको मार्तडीमा एकैदिन अज्ञान रोगले दर्जनबढी भेडा मरे, नगर प्रमुख खड्का सहीतको प्राविधिकको टोलीद्धारा उपचार

बथानमा रहेका दुई सय बढी भेडा मध्ये दर्जन बढी मरेको र दर्जनौ संख्यामा विरामी परेको अवस्था छ । समयमै प्राविधिक नआएको गुनासो गलत भएको र पठाएर सुरुमा सुइ नलगाउने बताएपछि प्राविधिक फर्किएको दाबी पशुसेवा विज्ञ केन्द्रका प्राविधिक जगत थापाले बताएको छ ।

मङ्गलबार १८, कार्तिक २०८२ ०९:०९