सोमबार, २४ कार्तिक २०८२

डोटीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ

डोटी:  डोटीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका – १ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्द छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ओमप्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


twitter sharing button

messenger sharing button

email sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस