सोमबार, २४ कार्तिक २०८२

कोल्टी अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सुरु ,आईतबारमै ४३३ जनाले लिए सेवा

बाजुरा : जिल्लाकाे बुढीनन्दा नगरपालिकामा रहेकाे  कोल्टी अस्पतालमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । सोमबारबाट चेकजाँच शुरु गर्ने भनिएता पनि नागरिकहरुको चापलाई मध्यनजर गर्दै आजैबाट सेवा प्रदान गर्न थालिएको बुढीनन्दा नगरपालिका मियर जनक कुमार बाेहराले बताउनु भएकाे छ   । आईतबार ४ सय ३३ जनाको स्वास्थ्य उपचार गरि सेवा प्रदान गरेको उहाँले बताएका छन्  ।कार्तिक २४ गते देखि संचालन हने उक्त शिविर र्कािर्तक २६ गते तिन दिन सम्म संचालन गरिने कोल्टी अस्पताल बाजुराले जनाएको छ । बाजुराको दुर्गम क्षेत्रलाई लक्षित गरि नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि शिविरको आयोजना गरिएको बताईएको छ ।

माथिल्लो क्षेत्रका चार स्थानीय तहका नागरिक तथा छिमेकी जिल्लाहरु (हुम्ला, मुगु, कालिकोट) लगायत १७ पालिकाका नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ ।शिविरमा आँखा रोग सेवा (मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सहित) छाला रोग,नाक, कान, घाँटी रोग,स्त्री तथा प्रसूति रोग,दाँत रोग सेवा÷दाँत निकाल्ने काम गरिने स्वास्थ्य शाखाका प्रमुख ओमजंग शाहीले बताएका छन् । उहाँका अनुसार सामान्य शल्यक्रिया, कलेजो रोग, हाडजोर्नी रोग सेवा,बाल रोग, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी सेवा तथा फार्मेसी सुविधा समेत प्रदान गरिनेछ ।

कोल्टी अस्पतालले पहिले पनि गुणस्तरीय सेवा दिँदै आएको छ भने दुर्गम भू–भागका नागरिकलाई सहज सेवा दिन सफल भएको छ । शिविर “दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै”संचालन गरिएको उहाँले बताउनुभयो । एकएक पाईला फउन्डेशन काठमाडौं, गेटा आँखा अस्पतालको सहयोग र बुढिनन्दा नगरपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको स्वास्थ्य शाखा प्रमखु शाहीले जानकारि दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस