बाजुरा: जिल्ला अस्पताल बाजुरामा संचालन भएको सिविर मा उत्साह सेवा लिएका छन् । निशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरंग ओपीडी शिविर शुक्रबार सम्पन्न भएको हो । कात्तिक १७ गतेदेखि सुरु भएको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, बडिमालिका नगरपालिका बाजुरा र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा संचालन गरिएको थियाे ।
शिविरमा १ हजार ६ सय ६० जना बिरामीहरुले सेवा लिनुभएको र ९२ जना बिरामीको शल्यक्रिया अपरेशन गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशिखर यादवले बताए। सिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका डा। मुक्ति तिमिल्सिनाको नेतृत्वमा आएको चिकित्सक टिमले सेवा प्रदान गरेको बताउनुभयो । गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुको लागी शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
शिविरमा खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाचिएका बाङ्गिएर जोडिएका,भाचिएको ठाउँमा पाता वा किला राखिएका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान प्रदान गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । शिबिरमा उपचार नपाईरहेका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरको आयोजना गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस