बुधबार, ०१ असोज २०८२

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने

धनगढी :प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली आउने भएका छन् । सरकारी कार्यक्रम अनुसार नै ओली साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए ।


कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस