शनिबार, २१ असार २०८२

जहाँ धान रोपाइँ गर्दा बाजा बजाउँदै देउडा खेलेर उत्सव मनाइन्छ

परापूर्व कालदेखि नै सांस्कृतिक पहिचान बनेको छ पीपलडालीका लागि धान रोपाइँ मेला । पीपलडाली बुढीनन्दा नगरपालिका १ नम्बर वडा । त्यहाँ आइतबार धान रोपाइँ मेला लागेको छ । गाउँमा करिब १ सय ५० बढी परिवारको बसोबास छ । ती सबै परिवारको साझा पर्व नै हो धान रोपाइँ ।

आइतबार १५, असार २०८२ ०८:२९

शैक्षिक अधिकारमाथि हस्तक्षेप ? वडा अध्यक्ष द्वारा OJT  हाजिरी प्रमाणिकरण अस्वीकार  वडा सचिब सम्पर्कविहीन

प्रमाणिकरणका लागि आवश्यक हस्ताक्षर गर्ने वडा सचिव समेत कार्यालयमा अनुपस्थित थिए। “सचिवलाई पटक–पटक फोन गरेँ, तर फोनसमेत उठाएनन्,”अर्कोतर्फ, वडा सचिव कार्यालयमा अनुपस्थित थिए र फोन सम्पर्क गर्दा समेत फोन उठेन । “वडा सचिवको जिम्मेवारी वडा कार्यालयमा बसेर सेवा दिनु हो, तर सचिव नै थिएनन्,”

आइतबार १५, असार २०८२ ०८:३२

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका शुशिल गिरी

२०६९ सालदेखि अखिलमा सक्रिय गिरीले रत्न माध्यमिक विद्यालय बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । कसमस इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट क्याम्पसमा  विबिए गरेका गिरी हाल कोेयष्ट इन्टरनेशनल कलेजमा एमबिएमा अध्ययनरत छन् ।

आइतबार १५, असार २०८२ ०८:३५

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार १६, असार २०८२ ०८:२८

शिक्षा विधेयकमा साँघुरिँदै विवादित विषय

विधेयकको छलफलमा निकै पेचिलो बनेको निजी विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषय समितिबाट सल्टिसकेको छ । समितिमा भएका सहमति अनुसार निजी विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक हुने गरी सञ्चालन हुने छ ।

सोमबार १६, असार २०८२ ०८:३१

सुदूरपश्चिममा योजना खरिदबिक्रीको आरोप, सांसदले मागे छानबिन समिति

संघियता कार्यान्वयन पछि बनेका प्रदेश संरचना अझै विवादरहीत हुन सकेका छैनन् । त्यसैमा सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष आलोचना र विवादको घेरामा पर्ने गरेको छ । यो पटक अहिलेसम्मकै गम्भीर आरोप खेप्नु पर्ने अवस्थामा प्रदेश सरकार पुगेको छ । सांसदहरुले यतिसम्मकी छानवीन समिति नै गठन गर्न माग गरेका छन् । नभए प्रदेश सभा बैठक नै चल्न नदिइ बजेट नै पारित हुन नदिने चुनौति दिएका छन् ।

सोमबार १६, असार २०८२ १०:०७

कैलालीका बस्तीहरू बाढी जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र

ज्ञापनपत्रमा भनिएको छ, “प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने र राहत सामग्रीको व्यवस्थापन गर्ने काममा प्रशासन गम्भीर हुनुपर्छ।” मदन भण्डारी फाउन्डेशनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राहत, उद्धार र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

सोमबार १६, असार २०८२ ०५:३४

बाजुरामा एसइइ नतिजा : बुढीनन्दा उत्कृष्ट, ६ विद्यालय निल, नन्देश्वरी र क्रियटरले ल्याए सतप्रतिशत नतिजा

नौ वटा स्थानीय तहका ६७ वटा विद्यालयले एसइइ परीक्षामा विद्यार्थी सहभागि गराएका थिए । ती मध्ये बुढीनन्दा नगरपालिकाको नन्देश्वरी मावि र बडीमालिकाको नगरपालिकाको क्रियटर जोन ऐकेडेमीले सत प्रतिशत नतिजा ल्याएका छन् । नन्देश्वरी मावि सामुदायिक विद्यालय हो,भने क्रियटर जोन ऐकेडेमी संस्थागत विद्यालय हो ।

सोमबार १६, असार २०८२ ०८:२३

बाम्का बजार आगलागी पीडितलाई एक करोड राहत, पुनः स्थापनामा जुट्दै व्यापारी

बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भयो ।

सोमबार १६, असार २०८२ ०९:२८

अछामको सदरमुकाम मंगलसेनको सडकमा धान रोपियो

मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन्। सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए। केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए। दुई पटक नगर प्रमुख भएका बोहराले पटक(पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए।

बुधबार १८, असार २०८२ १०:२८

मार्तडी बजारमा सिसी क्यामरा जडान

दुनी हाट बजार,डिआर मष्ट नजिक,डिभिजन वन कार्यालय र लोकतान्त्रिक चोक गरी चार ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । मार्तडी बजार चोरी डकैती लगायतका कार्यलाई नियमन गर्ने उदेस्यले सिसी क्यामरा जडान गर्न थालिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।

बुधबार १८, असार २०८२ ०७:५०

बाम्का आगलागि पिडितलाई नेपाल – भारत मैत्रीसंघको राहत सहयोग

बितरण गरिएको खाधन्न सामाग्रीमा चामल १ बोरा, दाल २ केजी, चिनि १ केजी, साबुन १ दर्जन, सरफ १, कम्वल १ र त्रीपाल १ थान प्रति परिवार बिरतण गरिएको उपाध्यक्ष ठाकुरले बताए ।बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भएका थिए ।

बुधबार १८, असार २०८२ ०८:२७

सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

बुधबार १८, असार २०८२ ०८:३३

सुदूरपश्चिमको स्थानीय सेवा ऐन राजपत्रमा प्रकाशित, अब नियमावलीको प्रतीक्षा

अन्य प्रदेशहरूले यसअघि नै स्थानीय सेवा ऐन पारित गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने ढिलाइ भएको हो। स्थानीय तहमा कार्यरत कर्मचारीहरू सरुवा, बढुवा, नियुक्ति र पेशागत वृत्ति विकासमा अन्योलको स्थिति बनेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए। जेठ २८ गतेदेखि आन्दोलनमा उत्रिएको कर्मचारी वर्गको दबाबपछि ऐन डेढ वर्षपछि पारित गरिएको हो।

बिहिबार १९, असार २०८२ १०:१२

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

साढे चार वर्षअघि भएको ३२ पदाधिकारीको नियुक्ति सदर हुने भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले आदेश गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने उक्त नियुक्ति खारेज हुने निर्णय गरेका थिए, जुन अल्पमतमा परेको छ ।

बिहिबार १९, असार २०८२ १०:१९

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभई सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।

शुक्रबार २०, असार २०८२ ०२:०६

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी ९जसपा० नेपालले समर्थन फिर्ता लिनका लागि गरेको निर्णयपछि सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सरकारबाट बाहिरिने तयारीमा देखिएको छ ।

शुक्रबार २०, असार २०८२ ०२:०८

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । यस्तै, इस्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

शुक्रबार २०, असार २०८२ ०२:२१

नाउपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै, सरकारबारे निर्णय हुने

‘मुख्यमन्त्री ज्यूले मन्त्रीज्यूलाई हटाएपछि हामीले बैठक आह्वान गर्न लागेका हौँ ’ उनले भने, ‘सरकारबारे बैठकमा निर्णय हुन्छ । ’ पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बिहीबार नै सङ्घ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेकी छन् । सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोही अनुसार तयारी गरेको छ । तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन । ‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी चल्छौँ ’ उनले भने, ‘सरकारबाट फिर्ता हुने तयारी भइरहेको छ तर, केन्द्रको पत्र आएको छैन। उक्त पत्र आएपछि हामी समर्थन फिर्ता लिन्छौँ र प्रतिपक्षमा बस्छौँ ।’

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७

शुक्रबार २०, असार २०८२ ०२:३३

उच्च अदालत दिपायलद्वारा पाँच सय ४९ वटा मुद्दा फर्छ्यौट

अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दामा २१० वटा मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले जानकारी दिनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार १९ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३३९ मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले बताउनुभयो ।

शनिबार २१, असार २०८२ १०:२३

बाउली खोलामा फलामे सिँढी, आवतजावत सहज

शनिबार २१, असार २०८२ ०५:०५