बुधबार, ०१ असोज २०८२

विद्यार्थीको सपनामा साथ दिन बाजुरा–काठमाडौं सम्पर्क कमिटी सक्रिय, काठमाडौंमा गर्यो स्वागत र सम्मान

बाजुरा : नेकपा एमाले निकट बाजुरा काठमाडौं सम्पर्क कमिटीले एसइइ परीक्षा उत्र्तिण गरेर उच्च शिक्षा आर्जनका लागि काठमाडौं गएका विद्यार्थी बधाई सहीत स्वागत गरेको छ । सफल भविष्यको कामना सहीत सम्पर्क कमिटीले बधाई सहीत शुभकामना व्यक्त गरेको हो । 

उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका ७४ जना विद्यार्थीलाई स्वागत सहीत बधाई ज्ञापन गरिएको र सफल भविष्यको कामना गरिएको सम्पर्क कमिटी अध्यक्ष सुन्दर सुनारले जानकारी दिएकी छन् । सम्पर्क कमिटीले हरेक वर्ष उच्च शिक्षा आर्जनका लागि काठमाडौं जाने विद्यार्थीलाई बधाई सहीत स्वागत गर्ने र शुभकामना दिने गरेको छ । 

काठमाडौं नयाँ ठाउँ र धेरै कुरा जानकारी नभएरै गएको विद्यार्थीलाई सहजिकरण गर्ने, साथ सहयोग दिने र क्याम्पस देखि शैक्षिक संस्थासम्म पनि सहज पहुँच पुर्याउन सहकार्य गर्ने उदेश्य सहीत कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

जुनसुकै विचार सिद्धान्त र पार्टीमा आस्थावान भएपनि काठमाडौं पुगिसकेपछि एउटै जिल्ला बासी भएकोले सहयोग र सहकार्य गर्न सम्पर्क कमिटीले कार्यक्रम गर्ने गरेको अध्यक्ष सुन्दरा सुनारले बताएकी छन् । 

उच्च शिक्षा पढ्ने सपना बोकेर काठमाडौं पुगेका विद्यार्थीलाई समस्यामा साथ दिन र सहकार्य सहितको सहजिकरणका लागि पनि सम्पर्क कमिटीले काम गर्दै आएको छ । कोठा भाडामा खोजिदिने, क्याम्पस बारे जानकारी दिने र अब के पढ्दा राम्रो सहजिकरण गर्ने र केही सहुलियत सहीतको सुविधाका लागि पनि सहजिकरण गर्ने गरिएको छ ।

सोही कार्यक्रमकै अवसरमा जातीय मुक्ति समाज, अनेरास्ववियु र युवा संघबाट निर्वाचन केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य तथा आयोग सदस्यलाई पनि सम्मान सहीत बधाइ ज्ञापन गरिएको छ । नेताहरुसँगको भेटघाट र सम्बन्ध विस्तारका रुपमा पनि यस्ता कार्यक्रमलाई लिने गरिन्छ । 

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, सहदेव बोगटी, एमाले बाजुरा अध्यक्ष लालबहादुर ओली, प्रदेश कमिटी सदस्य पेम्बा गुरुग भोटे, युवराज शाही, विद्यार्थी नेता नरेश रोकाया सहीत सहभागि थिए ।

सम्पर्क कमिटी सचिव धिरेन्द्र बुढाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सहसचिव कमल रावलले गरेका हुन् । कार्यक्रम त्रिचन्द्र कलेजमा आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस