आइतबार, २२ असार २०८२

लैङ्गिक उत्तरदायी बजेट अनुगमन सम्बन्धी अभिमुखिकरण त्रिबेणी नगरपालिकामा

कार्यक्रमको उद्देश्य नीति निर्माण र बजेट अनुगमन प्रक्रियामा लैङ्गिक र सामाजिक दृष्टिकोणलाई संस्थागत गर्दै समावेशी विकासलाई टेवा पुर्‍याउनु रहेको आयोजकले जानकारी दिएका छन्।

बुधबार ०४, असार २०८२ ०९:१८

बाजुराको सत्यवादी माविमा कृषि खेती, पढ्दै कमाउदै विद्यार्थी

बाजुराका किर्तिचौर मावि मानाकोट र दशरथ मावि आटीचौरका विद्यार्थीले पनि कृषि खेती गरेका छन् । तर त्यहाँ ९ देखि १२ सम्मको विद्यालय शिक्षा हो, पढ्दै कमाउँदै कार्यक्रम भने होइन् । कृषि ज्ञान केन्द्र पनि विद्यालयको काम प्रति प्रभावित बनेको छ । सुरुमै टनेल सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने ज्ञान केन्द्रको विद्यालयसँग वाचा छ ।

बुधबार ०४, असार २०८२ ०९:५३

बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिइने

सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार ०४, असार २०८२ ०५:२१

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ?

उनको त्यो स्ट्याटस एकाएक चर्चामा आयो र उनको खोजी गर्दै जाँदा सम्पर्कविहीन भएको केही घण्टामै सकुशल उद्धार गर्न प्रहरी सफल भयो । त्यसपश्चात गृहमन्त्री रमेश लेखकले समेत उनलाई भेटेर सत्य तथ्य बुझे ।

बुधबार ०४, असार २०८२ ०५:२७

बाम्का बजारका अग्नीपीडितलाई पर्यटन विभागका कर्मचारीद्धारा आर्थिक सहयोग

पर्यटन मन्त्रालयका  महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीको नेतृत्व लगाएत २४ जना कर्मचारीहरुले आगलागी पीडितलाई ४५ हजार २ सय १० रुपैयाँ सहयोग गर्नुभएको छ ।  गृहजिल्ला समेत  रहेका पर्यटन विभागका महानिर्देशक डा  रेग्मीले बाम्का आगलागी पिडित लाई सानै रकम भएपनी सहयोग गर्नु भएको छ  ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय बाट राहत संकलन भइरहेको राहात संकलन समिति सदस्य तथा त्रिवेणी नगरपालीका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन पनि संरचना निर्माण कार्य समेत भइरहेको बताए ।

बुधबार ०४, असार २०८२ ०५:३९

सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

उनी नागरिक उन्मुक्ति पार्टी ९नाउपा० बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका भएका थिए । चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनी निकट स्रोतले पनि बताएको छ।

बुधबार ०४, असार २०८२ ०९:०६

बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

बडिमालिका नगरपालिकाका अधिकांश वडामा अझै पनि स्वास्थ्य चौकीहरु सामान्य औषधि विहीन अवस्थामा छन । विद्यालयहरुमा शिक्षक अभाव  छ , पिउने पानीको पहुँच सबै ठाउँमा प्रभावकारी छैन । यस्तो अवस्थालाई परिवर्तन गर्न बजेटले खास प्राथमिकता दिनुपर्छ भन्ने अपेक्षा सर्वसाधारणको रहेको छ। जनताको आधारभूत आवश्यकताहरु जस्तै बाटो, बिजुली र सञ्चार सेवाहरु शुधार नगरी अन्य विकास दीर्घकालीन हुन सक्दैन।

बिहिबार ०५, असार २०८२ ०७:३५

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

उक्त सामग्रीलाई लिएर देउवाले ‘साइबर ब्यूरो ५९’ को छद्म नाममा पाठकविरुद्ध साइबर अपराधमा कारबाही माग गर्दै उजुरी दिएका थिए ।मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै उच्च अदालतले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

बिहिबार ०५, असार २०८२ ०८:३५

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने– ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’
 बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए। यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरि परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारिसाधन गुड्न सकेका छैनन् । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन् ।

शुक्रबार ०६, असार २०८२ ०८:३७

‘कार्यसम्पादनमा संस्कृति मन्त्रालय अब्बल’

उहाँले सार्वजनिक संस्थानहरूको उत्पादकत्व बढाउँदै देशको अर्थतन्त्र मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आयोजना गरेको कवि गोष्ठी तथा स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आजको आवश्यकता सबल सार्वजनिक संस्थान रहेको उल्लेख गर्नुभयो । “अब हामीले आयआर्जन र उत्पादकत्व बढाउनेतर्फ ध्यान दिनु पर्छ, जसले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिन सक्छ,” उहाँले भन्नुभयो ।

शुक्रबार ०६, असार २०८२ ०४:३८

बाम्का अग्नीपीडितलाई मन्त्री पाण्डेले ३ लाख बढी आर्थिक सहयोग

राहत संकलन तथा व्यवस्थापन समितिको बैंक खातामा जम्मा भइसकेको स्वकिय सचिव रावतले जानकारी गराउनु भएको छ । पर्यटन मन्त्रालयका मन्त्री, कर्मचारी सहित पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मी लगायत कर्मचारीहरुबाट उक्त रकम सहयोग गरिएको थियो ।  मन्त्री पाण्डे बाम्का बजारमा आगलागी भएको २४ घण्टा नबित्दै घटनाको जानकारी लिन स्थलगत निरीक्षण बाजुरा पुग्नुभएको थियो  ।

शुक्रबार ०६, असार २०८२ ०४:५७

सङ्क्रमणकालीन न्यायका विषयमा प्रधानमन्त्री ओली, देउवा र दाहालबिच छलफल

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबिच छलफल भएको हो । उहाँहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू पनि समेटिएकोले ती विषयहरू बैठकमा राखिएको बताउनु भयो ।

शुक्रबार ०६, असार २०८२ ०६:५१

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

शनिबार ०७, असार २०८२ ०६:५९

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भए । उनले एक चौका र तीन छक्का समेत प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ३३ बलको सामना गरेको ऐरीले एक चौका र एक छक्का प्रहार गरे ।

शनिबार ०७, असार २०८२ ०७:०६

योगले जीवनमा प्राकृतिक सन्तुलन

योगगुरुका अनुसार मानिससँग सूक्ष्म शरीर र स्थूल शरीर दुई प्रकारको हुन्छ । स्थूल अर्थात् बाह्य शरीरलाई धोइपखाली गरेर सफा पार्न सकिएला तर मानिसभित्रको सूक्ष्म शरीरलाई पानीले पखाल्न सकिँदैन । सूक्ष्म शरीरको रक्षा गर्ने अर्थात् रोगको निवारणकारी उपाय योग रहेको खड्का बताउनुहुन्छ । त्यस क्रममा खड्काले थप्नुभयो, “जसरी कुनै कम्प्युटरमा भाइरस लाग्दा हटाउन भित्रै प्रतिजैविक पठाउनु पर्छ, त्यसै गरी योग र ध्यान मानिसका लागि कुनै पनि रोग र शोकका विरुद्धमा प्रतिजैविक संयन्त्र हो ।”

शनिबार ०७, असार २०८२ ०७:१४

बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर

शिविरमा गाई,गोरु,भैंसी र बाख्रामा हुने विभिन्न खालका रोगहरुको  चेकजाँच तथा उपचार गरि आन्तरिक तथा बाह्य परजिबिका लागि भ्यक्सिन लगाइएको र जुका,खोकी,निमोनिया, र विभिन्न प्रकारका भिटामिन वितरण गरिएको भेटेनरी अस्पताल बाजुराका पशु प्राबिधिक हस्त बहादुर शाहिले बताउनुभयो ।

शनिबार ०७, असार २०८२ ०७:२३

जनप्रतिनिधि र कर्मचारीबाट बाम्का बजारका अग्नीपीडितलाई डेढ लाख सहयोग

समितिलाई हस्तान्तरण गरिएको बडिमालीका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताएका छन् ।
आगलागी पीडितका लागि हालसम्म करिब ८० लाख रकम संकलन भएको बताइएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग भइरहेको छ ।

शनिबार ०७, असार २०८२ ०८:४५

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र सचिवालयको विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफका लागि यही असार ८, ९ र १० गतेका लागि समय निर्धारण गरिएको जानकारी गराए।

आइतबार ०८, असार २०८२ ०७:३५

मनसुनी वायु देशभर सक्रिय, भारी वर्षाको सम्भावना

कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार ०८, असार २०८२ ०७:४२