शनिबार, २१ असार २०८२

बाम्का आगलागि पिडितलाई नेपाल – भारत मैत्रीसंघको राहत सहयोग

बाजुरा :बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारका ४० घरपरिवारलाई खाधान्न सहयोग गरिएको छ । नेपाल – भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाधन्न सामाग्री सुदुरपश्चिम प्रदेश संघको समन्वयमा बितरण गरिएको हो ।

नेपाल – भारत मैत्रीसंघ केन्द्रीय कार्यालयका उपाध्यक्ष हरि शंकर ठाकुरले बुढीग‌गा  नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भवनसिंह केसिको रोहबरमा आगलागी पिडित ४० परिवारलाई खाधन्न बितरण गरिएको हाे ।

बितरण गरिएको खाधन्न सामाग्रीमा चामल १ बोरा, दाल २ केजी, चिनि १ केजी, साबुन १ दर्जन, सरफ १, कम्वल १ र त्रीपाल १ थान प्रति परिवार बिरतण गरिएको उपाध्यक्ष ठाकुरले बताए ।बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस