राजेन्द्र विक/ बाजुरा:जातीय विभेद तथा छुवाछूत सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा सम्पन्न भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजनामा संचालन भएको अभिमुखिकरण कार्यक्रमको वडा अध्यक्ष धरमपाल मिजारको अध्यक्षतामा सम्पन्न भएको हो।
वडा कार्यालय द्वारा आर्थिक बर्ष २०८१/८२ मा लक्षित बर्गका लागि बिनियोजित बजेट मार्फत संचालित अभिमुखिकरण कार्यक्रममा स्थानीय दलित समुदायका ४० जना सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको वडा सदस्य सनसिंह साउदले बताउनुभयो ।कार्यक्रमको सञ्चालन वडा सचिव गंग बहादुर रोकायाले गर्नुभएको थियो।
अभिमुखिकरण कार्यक्रममा जातीय छुवाछूत तथा विभेदको वर्तमान अवस्था, कानुनी व्यवस्था र यसको विरुद्ध सामाजिक जागरणका उपायहरूबारे जानकारी गराइएको थियो। सहभागीहरूसँग अन्तरक्रिया गर्दै संविधान, मुलुकी अपराध संहिता, र मानव अधिकारसम्बन्धी कानुनी धाराहरू बारे सहभागी हरुलाइ जानकारी गराइनुका साथै अन्तरक्रिया गरिएको वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिनुभयो ।
कार्यक्रमले दलित समुदायभित्र सामाजिक सचेतना अभिवृद्धि गर्ने तथा विभेदविरुद्धको अभियानमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस