मुखपत्रको विमोचन नेकपा एमाले पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका हुन् । एमालेको विचार जनस्तरसम्म लैजान र पार्टी कमिटीका गतिविधीलाई लिपिवद्ध गर्ने गरि पत्रिका प्रकाशन थालिएको एमाले प्रदेश उपसचिव समेत रहेकी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले बताएकी छन् ।
शुक्रबार ३०, जेठ २०८२ ०८:२३
मुस्लिम अल्पसंख्यकबाट सचिवालय सदस्यमा इन्जिनियर अफ्जल मियाँले प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भए । खुला क्षेत्रबाट सचिवालय सदस्यमा इन्जिनियर नितेश लामिछानेले जितेका छन् । तर इन्जिनियरहरू सुवास सुवेदी र पदमबहादुर खड्काले जित्न सकेनन् । सचिवालयको तर्फबाट इन्जिनियर दीपिका पाण्डेयले प्रतिस्पर्धा गरेकी थिइन् । उनले पनि जित्न चाहिँ सकिनन् ।
शुक्रबार ३०, जेठ २०८२ ०८:३१
सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।
शुक्रबार ३०, जेठ २०८२ ०९:१२
छात्रवृत्ति नेकपा एमाले बाजुराले स्थापना गरेको हो । अनेरास्ववियुका नेता स्वर्गिय चेतनदीय ऐडीको स्मृतिमा हरेक वर्ष एक जनालाई जेहेन्दार छात्रवृत्ति दिने गरि नगद पुरस्कार राशी सहीत छात्रवृत्ति स्थापना गरिएको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।
शनिबार ३१, जेठ २०८२ १२:२४
नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्केर आगलागी भएको हो । एउटै पसलबाट सुरु भएको आगलागीले आधा बजार सखाप पार्यो । १३ जनाले शरीरको कपडा बाहेक सम्पत्ति जोगाउन पाएनन् । नौ वटा पसलमा आंशिक क्षति भयो । जोगाउन खोज्दा खोज्दै अरू दर्जनभन्दा बढी पसलमा पनि क्षति भयो । धन्न १ मानवीय क्षति हुन पाएन ।
शनिबार ३१, जेठ २०८२ ०६:३४
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ ।
शनिबार ३१, जेठ २०८२ ०६:५६
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आइतबार ०१, असार २०८२ ०७:४२
यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।
आइतबार ०१, असार २०८२ १०:३०
सरकारले विद्यार्थीलाई होस्टेल बनाएर खान र बस्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । “विद्यार्थी घटिरहेका छन् । नजिकमा पर्ने स्कुलहरू मर्जरको विकल्प नै छैन,” उनले भने, “अब सरकारले होस्टेलको व्यवस्था गरेर खाने र बस्ने व्यवस्था गरिदिनुपर्छ ।”
आइतबार ०१, असार २०८२ ०३:१०
देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक आय र व्ययको अनुमान ९बजेट० सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेस प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।
सोमबार ०२, असार २०८२ ०८:१७
आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्षिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको बजेटले कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोडमा जोड दिएको पाइएको छ ।
सोमबार ०२, असार २०८२ ०८:२५
दश दिने अचार तथा मसेउरा र गुन्द्रुक उत्पादन तालिमको समापन समारोहमा बोल्दै उनले समृद्धि पनि खोज्ने उद्यमशिलताका लागि संघर्षपनि नगर्ने कुरा दन्तबजान मात्रै भएको बताइन् । हामीलाई समृद्धि पनि चाहिएको छ, खुस पनि खोजिएका छौं, धेरै आम्दानी होस्, भन्ने चाहना पनि छ, तर संर्घष छैन्, यसो भए संभव छैन्, उनले भनिन् ।
सोमबार ०२, असार २०८२ ११:३८
उनी एमालेको नेतृ मात्रै होइनन् । एक सफल उद्यमी पनि हुन् । त्यो पनि विश्वव्यापी बजारमा आफ्नो उत्पादन पुर्याउन सफल नामी उद्यमी । त्यही उद्यमशिलतासँग यहाँका महिलाहरुलाई जोड्न उनी बाजुरा आएकी हुन् । उद्यम विकास तालिमकै लागि बसाइ पनि दश दिन लामो भएको हो । अचार तथा मसेउरा गुन्द्रुक बनाउने तालिमको सीप सिकाउन शान्ता नेतृत्वको चार जनाको टिम बाजुरामै छ ।
सोमबार ०२, असार २०८२ ०३:०९
यस्तै सदस्य पदम बाजुरा कमल उपाध्याय पनि सर्वसम्मत भएका छन् । उनी पेशाले इन्जिनियर हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका कमलले प्रवासबाटै राजनीतिमा सक्रिय रहने तयारी गरेका छन् ।
सोमबार ०२, असार २०८२ ०८:००
संगठनका गतिविधीको अनुगमन र अध्यायन गर्ने गरि पार्टी पोलिटव्यूरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रमुख जिम्मेवारी तोकिएको छ । भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मा छ । भने थापालाई सुदूरपश्चिमका सातवटै डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामको जिम्मेवारी तोकिएको छ ।
मङ्गलबार ०३, असार २०८२ १२:१६
‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए ।
मङ्गलबार ०३, असार २०८२ १२:३९
बडीमालिका नगरपालिका ८ को थापावाडामा निर्माण भएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको कार्यालयका वाडेन सिता विकले जानकारी दिएका छन् । प्रदेश सरकारको ५० लाखको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । भने बडीमालिका नगरपालिकाको १५ लाख र सुरक्षित आवास गृहकै आफ्नै ७ लाख लागतमा जमिन खरिद गरिएको थियो ।
मङ्गलबार ०३, असार २०८२ ०९:०८
यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन् ।ऐरीले ०।५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।
मङ्गलबार ०३, असार २०८२ ०९:२९