बिहिबार, २७ बैशाख २०८१

सहास नेपालले गर्यो बाजुरामा सञ्चालन गर्ने परियोजनाको बार्षिक समिक्षा

बाजुरा : सहयागी हातहरुको समुह सहास नेपाल बाजुराद्धारा संचालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको बार्षिक समिक्षा गरेको छ । बडीमालिका नगरपालिका, गौमुल गाउपालिका र खप्तड छेडेदह गाउपालिकाको समन्वय र सहास नेपाल बाजुराको आयोजनामा समीक्षा गोष्ठी सञ्चालन गरेको छ । 

बाजुरा जिल्लाका ९ ओटा स्थानिय तह मध्य तिन ओटा स्थानिय तहमा बिभिन्न कार्यक्रम गर्दै आएको परियोजनाले हाल सम्म गरेका कामको प्रगति समिक्षा र आगामी दिनहरुमा परियोजनाका कामहरु कसरी लैजाने भन्ने बिषयमा छलफल गरिएको शिक्षा सहजकर्ता उमेश बहादुर बोहराले बताए । 

बाजुरा जिल्लाका बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र खप्तडछेडेदह गाउपालिकामा संचालन भएको परियोजनाले तिन ओटै स्थानिय तहका बिध्यालयहरु र समुदायमा लगानी गरि सबैका लागि समावेशी तथा गुणस्तरिय शिक्षामा सिकाई,उपलब्धिमुलक परिणममा नतिजामुलक सुधार ल्याउने उद्देश्यले सो परियोजनाले काम गर्दै आएको परियोजना संयोजक दिल बहादुर धामीले बताए । 
बार्षिक समिक्षा कार्यक्रममा  परियोजनाले यस अघि संचालन गरेका कार्यक्रमहरु निकै राम्रा र प्रभावारी रहेको  र आगामी दिनहरुमा पनि पालिकाका सबै बिद्यालय र  समुदाय समिटिने गरि कार्यक्रम लागुहुनु पर्ने सहभागिहरुले बताए । 

बिगत तिन बर्ष देखी बिद्यालय र समुदायमा काम गर्दै आएको सहयोगि हातहरुको समुह सहास नेपालले पछिल्लो समय बिध्यार्थीको कक्षागत तथा बिषयगत सिकाई उपलब्धिमा बृद्दी गर्न, बिचैमा बिद्यालय छोड्ने संख्यामा सुन्य पार्न, बिद्यालयमा बालबालिकाको भर्नादर सत प्रतिशत बनाउन, बिद्यालयमा सिकाई वातावरणको निर्माण, मनोपरामर्स तालिम संचालन गरि बिद्यालयका छात्राहरुमा काम्ने मुक्र्षितहुने समस्याहरुमा कम गर्न र शिक्षक, अभिभावक र बिद्यालय ब्यबस्थापन समितिको क्षमता अभिबृद्दी गर्न लगायतका कामहरुमा कार्यक्रमले स्थानिय तहलाई समेत सहयोग पुगेको सहभागीहरुले बताए । 

तीन ओटा स्थानिय तहमा संचालित परियोजना अन्तरगत  १२ ओटा सम्वाद केन्द्र, १२ ओटा सिसि एमसि कक्षा  संचलनमा रहेका थिए भने १२ ओटा बिद्यालयमा कार्यक्रम लागु भएको थियो जस मध्य बाट ३१२ जना किशोरि र  ३ सय ८ जना बालबालिका, लाभान्बित भएका छन् । 

प्रतिक्रिया दिनुहोस