सोमबार, ०७ जेठ २०८१

बुढीगंगाका गर्भवती र सुत्केरीलाई कोशेली बाँड्न उपप्रमुख घरदैलामा

बाजुरा : बुढीगंगाका नगरपालिकाले उपप्रमुख कोशेली वितरण गरेको छ । सुत्केरी र गर्भवतीलाई पोषीलो खानेकुरामा प्रोत्साहन गर्ने लक्ष्य सहीत पालिकाले उपप्रमुख कोशेली कार्यक्रम अन्र्तगत वितरण सुरु गरेको हो । 

यो वर्ष ४ सय ७५ जनालाई वितरण गर्न लागिएको उपप्रमुख माया कुँवरले जानकारी दिएकी छन् । प्रति व्यक्ति २ केजी चना, १ केरेट अण्डा, २ पोका नुन र २ पोका तेल वितरण गरिएको छ । हालसम्म १, २ र ३ नम्बर वडामा वितरण गरिएको छ । 

क्रमस ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडामा पुगेर वितरण गर्ने कार्यक्रम राखिएको छ । राज्यले सत्केरी प्रोत्साहन भत्ता वापतको रकम उपलब्ध गराएपनि पालिकाको तर्फबाट पनि प्रोत्साहनका लागि कोशेली कार्यक्रम राखिएको छ । 

प्रतिक्रिया दिनुहोस