सोमबार, ०७ जेठ २०८१

निरही नगरपालिका : अस्तव्यस्त मार्तडी बजार, सवारी व्यवस्थापन मै सकस

बाजुरा : बडीमालिका नगरपालिका बजार क्षेत्रको उचित व्यवस्थापनमा निरही देखिएको छ । सडक कब्जा गरि राखिएका गिट्टी बालुवा हुन्, की सवारी व्यवस्थापनमा होस्, बडीमालिका नगरपालिका लाचार र निरही देखिएको छ । 

सवारी सधानका लागि बनाएका सडकमा मान्छे हिँड्न समेत मुस्कील पर्ने गरि स्थानीयले प्रयोग गर्ने गरेका छन् । प्रहरी प्रशासन देखि पालिकाले सूचना जारी गरि सवारी सडकमा नराख्न गरिएको पत्राचारको समेत कार्यान्वयन गरिएको छैन् । आफू खुसी व्यापारीहरुको मनोमानीलाई नगरपालिकाले मुखदर्शक बनेर हेर्दै आएको देखिन्छ । 

मार्तडी बाजुरा जिल्लाकै सदरमुकाम हो । नौ वटै पालिकाका स्थानीयको प्रमुख मुकाम र जिल्लाको प्रमुख बजार हो । जिल्ला बाहिरबाट आउनेहरुले पनि बाजुराको अवस्था मार्तडी बजारको व्यवस्थापनबाटै बुझ्ने गर्छन् । तर यस्ता साझा सवाल र सरोकारका विषयमा नगरपालिका निकै निहरी छ । जनप्रतिनिधीले समेत यस्ता विषयमा चासो चिन्ता कमै लिने गरेको पाइन्छ । 

प्रहरी प्रशासन लगाएर भएपनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या सुल्टाउनु पर्ने हो । तर नयाँ नेतृत्व आएको २ वर्षसम्म पनि त्यसमा ठोस कदम देखिएको छैन् । बजार जस्तो नै छैन् । सडक अगाडि गिट्टी बालुवा राखिएका छन् । गाडी गुड्न समस्या हुने गरि सवारी पार्किङ गरिएको छ । फोहर मैलाको उचित व्यवस्थापन हुन सकेको छैन् । 

पत्राचार गरिन्छ । सञ्चार माध्यमबाट प्रशारण गर्न लगाइन्छ । बैठकमा यसो उसो गर्छौ, भन्ने कुरा गरिन्छ र निर्णय हुन्छ, तर कार्यान्वयनमा नेतृत्वको क्षमता नै देखिदैन्, एक जना कार्यपालिका सदस्यले बताएका छन् । निर्णय जति गरिएपनि देखिने गरि काम गर्न नपाएकोमा आफूलाई पछुतो लागेको गुनासो ती सदस्यको छ ।

बजार क्षेत्रका सडकहरुमा स्थानीयहरुले घर बनाउनका लागि गिट्टी बालुवा र सरिया फालेर अस्तव्यस्त बनाएको भएपनि नगरपालिका भने मुख दर्शक बनेको छ ।  मार्तडी बजार क्षेत्रमा रहेको सडकमा स्थानीयहरुले बीच सडकमा फालिएका निर्माण सामग्रीका कारण  सवारी साधन र स्थानीयलाई आवतजावतमा समस्या सास्ती बेहोर्नु परेको छ । मार्तडीको दुनीहाट बजारदेखि खुलामञ्च,अस्पताल रोड,खेलकुद रोड र गौडाडिल सम्मको सडक अस्तव्यस्त छ ।

सडक अस्तव्यस्त भएपछि सडकमा चल्ने जीप तथा मोटरसाइकल र मालबहाक ट्याक्टरलाई आवतजावतमा समस्या हुने गरेको दृश्य जनप्रतिनिधी हेर्न र बेवास्ता गरि हिँड्ने गरेका छन् ।

नगरपालिकाले सडकमा जथाभावी रुपमा फालिएका भौतिक सामग्री हटाउन कुनै चासो नदिदा दुर्घटना हुने सम्भावना बढ्ुदै गएको यातायात व्यवसायीहरुले बताउने गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनपछि पहिलो नगर सरकारले निर्माण गरेको सडकमा २०७९ को निर्वाचनबाट निर्वाचित भएर आएको सरकारले खासै काम गर्न नसकेको स्थानीयहरुले कुरा काट्ने गरेका छन् । 

अहिलेको सरकारले जनताका काममा खासै ध्यान नदिएको प्रति स्थानीयहरु आक्रोशित बन्दै गएका छन् । सडकमा फालिएका भौतिक सामग्री नै व्यवस्थापन नगर्दा  मार्तडी बजारको  स्वभनियता नै हराउन थालेको छ ।

यता बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापाले सडक छेउछाउमा जथाभावी रुपमा फालिएका गिट्टी बालुरा र सरियाहरु हटाउन पालिकाले तत्काल सूचना जारी गर्ने बताएकी छन् । 

उनले सडकमा जथाभावी रुपमा  राखिएका भौतिक सामग्रीहरु हटाउन नगरपालिका लागि रहेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको दाबी छ । तर यो भन्ने नगर्ने गरेको आरोप सधैं नगरको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृतलाई लाग्ने गरेपनि कार्यन्वयन हुन मुस्कील देखिन्छ । 

बजार क्षेत्रको सडकमा फोहर हुने र दुर्गन्धित हुने सडकमा राख्न नपाइने भएपनि राखि रहेकाले सार्वजनिक सूचना नै जारी गरेर निर्माण सामग्रीहरु हटाउन आग्रह गर्ने केसीले बताएका छन् । अस्तव्यस्त निर्माण सामाग्री, अव्यवस्थीत सवारी पार्किङ र बढ्दो फोहर मैलाले मार्तडी बजारको शोभा हराउँदै गएको छ । भने दुर्घटनाको जोखिम बढीरहेको छ । 

प्रतिक्रिया दिनुहोस