सोमबार, ०७ जेठ २०८१

रेडक्रस बाजुराको २१ औं बार्षिक साधारण सभा मार्तडीमा

बाजुरा : नेपाल रेडक्रस सोसाईटी बाजुराको २१ औँ जिल्ला सभा सदरमुकाम मार्तडीमा (शुक्रवार) सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापति मेखराज जैशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो ।

रेडक्रसका मन्त्री टंक प्रसाद न्यौपाने ले संचालन गरेको कार्यक्रमको विशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल नेपाली काँग्रेसमा उपसभापती पदम बडुवाल, नेकपा ऐमालेका जिल्ला अध्यक्ष भरत बहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष पुर रावत लगाएत सरकारी तथा गयर सरकारी कार्यलयका प्रमुखको उपस्थीती रहेका थिए भने कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको थियो ।

मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र बिश्वब्यपकता भन्ने मन्त्र लिएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले भव्य रुपमा २१औ जिल्ला सभा कार्यक्रम सम्पन्न गर्न लागेको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रमेखराज जैसीले बताएका छन । 

कार्यक्रम दुई दिन सम्म सन्चालन हुने छ ।रेडक्रस बाजुरा शाखाले आयोजना गरेको २१ औं जिल्ला सभामा २१ वटा उप शाखाका सभापति र प्रतिनिधीहरु सहभागी रहेका छन् । जिल्ला सभा उद्घाटनपछि बन्द सत्र संचालन भएको रेडक्रसका सभापती मेदखराज जैशीले जानकारी दिएका छन् । जानकारी अनुसार आर्थिक प्रतिवेदन र प्रगती प्रतिवेदन माथि छलफलपछि सभा सकिने सभापती जैशीले किनारा न्युजलाई बताएका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस